Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




हिविसकस (Hibiscus)
सिर्जना भण्डारी

Phoolbari Logo

Hibiscus
ति आकर्षक फूल फुल्ने बिरुवा हिविसकस मालभाकेइ (Malvaceae) परिवार र हिविसकस (Hibiscus) वंशमा पर्दछ र हिविसकसकै नामबाट चिनिन्छ । यस वंशभित्र झन्डै २२० प्रजाति पर्दछन् । हिविसकस घरभित्र तथा वाहिर दुवै ठाउँमा हुर्काउन सकिने अति नै सजिला विरुवा हुन् । यी फूल फूल्ने वर्गमा पर्ने उष्ण प्रदेशिय क्षेत्रमा पाइने मुख्यतया वहुवर्षिय विरुवा हुन् । हिविसकस वंशका प्रजाति अनुसार होचा मध्यम अग्ला र निकै अग्लासम्म हुन्छन् र एकबर्षिय तथा बहुबर्षिय दुबै भेराइटीमा उपलब्ध छन् । प्राकृतिक रुपमै हाँगा फिजारीने किसिमका यी विरुवामा विभिन्न रङ्गका फूल फूल्दछन् । एकपत्रे र वहुपत्रे दुवै किसिमका फूल फूल्दछन् । प्राय राता, गुलाफी, सेता तथा कि्रमी, एप्रीकोट, पहेंला आदि रङ्ग बढि जसो पाइन्छन् । आजभोलि हाइवि्रड प्रवधिबाट हिविसकसका थुप्रै कल्टीभर किसिमहरु निकालिएका छन् । हाइवि्रड विधिबाट उत्पादीत विरुवाका पातका रङ्ग र सामान्य आकार प्रकारका साथै वोट र फूलका साइज तथा आकार पनि फरक फरक देखिन्छन् ।

हिविसकसका फूलका मोटामोटी वनावट उस्तै उस्तै भए पनि केही प्रजातिहरुमा सामान्य फरक किसिमका विशेषताहरु भेटिन्छन् जस्तै केहीका फूलका पत्रहरु प्राय एकपत्रे पछाडि पट्टी कोपि्रन्छन्, केहीका पत्रका छेउछेउमा दाँती परेका हुन्छन्, केहीका पत्र अति साँघुरा तथा साना हुन्छन् त केहीका फराकिला हुन्छन् त्यस्तै केही
Double Flower Single Flower
Feathery Petals Hibiscus
झुन्डीने प्रकृतिका हुन्छन् त केही ठाडो अर्थात आकाशतिर फर्किने प्रकृतिका हुन्छन् । यसका एकपत्रे तथा वहुपत्रे दुवै किसिमका फूलका विचमा एउटा लामो डाँठ निस्कीएको हुन्छ र उक्त डाँठका टुप्पामा झन्डै बोटलब्रस जस्तो फूल फूलेको देखिन्छ । हिविसकसको यो प्रजनन् अंग हो जहाँ स्टामेन भाले अंग र पिस्टिल पोथी अंग दुवै हुन्छन् । स्टामेन अर्थात एन्थरका पोलनहरु पिस्टील अर्थात स्टीगमाको चिपचिप लाग्ने अंगमा टाँसीएर पोलिनॆसन हुन्छ र फूलमा गर्भाधान हुन्छ । तर यो वहुवर्षिय विरुवा भएको कारण प्राकृतिक प्रजनन् बिधिबाट ढिलो हुर्कने हुनाले चाँढै हुर्काउन तथा फूलाउनका लागि यसका डाँठ कटींगबाट नयाँ विरुवाको प्रजनन् गर्ने गरिन्छ । टुप्पातिरका कलिला काठ नपसेका डाँठहरु चाँढै सर्दछन् । भर्खर कटिङ गरेका नयाँ विरुवा अलि समवेदनशिल हुने हुनाले विरुवा राम्ररी नसरुन्जेल घाम तथा प्रकाश पानी तथा चिस्यान र तापक्रमको विशेष ख्याल गर्नु पर्दछ । विरुवा राम्ररी सरेपछि मात्र जैविक तथा रासायनिक मलको प्रयोग गर्नु पर्दछ । विरुवा राम्ररी नसरुन्जेल माटोमा चिस्यान सुक्न दिनु हुदैन तर माटो हिलो भने हुनु हुदैन । अध्यधिक घाम तथा तापक्रम र तेज हावाबाट वचाउनु पर्दछ । यसका लागि विरुवा गमलामा रोपिएको भए छायाँतिर सार्नु पर्दछ र भूईमा रोपिएको भए छानाको ओत दिनु पर्दछ ।

Stems for Propagation
हिविसकसलाई जस्तोसुकै माटोमा पनि सजिलै हुर्कन्छ तर यसले सामान्य भन्दा बढि अर्थात मध्यम मात्रामा पानी रुचाउने हुनाले बालुवा तथा गिर्खाको मात्रा बढी भएको वलौटे माटो भन्दा सामान्य गरुङ्गो अर्थात माटो र जैबिक मल तथा तत्वको मात्रा बढि भएको माटोमा हुर्काउनु उपयुक्त हुन्छ । हिबिसकसका धेरैजसो प्रजातिहरु अग्ला हुने भएकोले आफ्नो रुची वगैंचाको अवस्था तथा आवश्यकता हेरी कटीङ्ग गरेर होचो तथा मध्यम उचाइको वनाउन र चाहे अनुसारको सजावटमा आकार दिन सकिन्छ । विरुवा झ्याम्म परेको फराकिलो वनाउन र बढि फूल फूलाउन विरुवा हुर्कदै गर्दा मुन्टा चिमोट्दै जानु पर्दछ । कोपिला लाग्नु भन्दा एक-डेढ महिना अघिसम्म मुन्टा चिमोट्ने काम गर्न सकिन्छ तर ढिलोसम्म मुन्टा चिमोटियो भने कोपिला लाग्न ढिलाउनका साथै सामान्य भन्दा कम कोपिला लाग्दछन् र फूल पनि थोरै र साना फूल्दछन् । विरुवा मलिलो माटोमा रोपिएको छ भने हिविसकसलाई खासै मलको आवश्यकता पर्दैन तर गमलामा रोपिएका र हाइवि्रड गरीएका विरुवालाई भने तोकिए अनुसार मल हाल्नु र अन्य स्याहार गर्नु पर्दछ । यदि वगंैचाको माटो रुखो तथा सुख्खा किसिमको छ भने वर्षको दुई पटक वसन्त र ग्रीष्म ऋतुमा गोडमेल र जरा वरपरको माटो खुकुल्याएर मलको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Hibiscus in Container
हिविसकस गहिरो जरा गाड्ने विरुवा हुनाले यसले बढि चिस्यान रुचाउने भए पनि पानीको मात्रा तथा उपलब्धताका लागि उति चिन्ता गर्नु पदैन तर यदि विरुवा गमलामा हुर्काइएका छन् भने अवस्था र आवश्यकता हेरी पानी हाल्नु पर्दछ । यी उष्ण प्रदेशिय रैथाने विरुवा भएकाले यसले न्यानो तापक्रम रुचाउँछन् र न्यानो अर्थात ग्रीष्म ऋतुमा फूल्दछ । यदि हिबिसकसलाई घरभित्र नियन्त्रीत वातावरणमा घरेलु विरुवाका रुपमा हुर्काइएको छ भने यसलाई वर्षै भरी पनि फूलाउन सकिन्छ । घर वाहिर अर्थात खुल्ला वगैंचामा हुर्काइएका हिविसकसका वोटमा सामान्य तथा मध्यम हिउँद हुने क्षेत्रहरुमा झन्डै वसन्त ऋतुको शुरुदेखि शरदको अन्त्यसम्म फूलिरहन्छन् भने ठण्डा हिउँद हुने क्षेत्रहरुमा ग्रीष्म ऋतुमा फूल्छ र बाँकी समय निष्कृय रहन्छ अर्थात फूल फूल्दैन । तर फूल नफूले पनि सदाबहार बिरुवाका रुपमा यसका पात हरिया रही रहन्छन् र फूलवगैंचामा आकर्षण थपिरहन्छन् तर हिउँदका दिन अति छोटा हुने र अत्यधिक ठण्डा तुषारो तथा हिउँ पर्ने हुने क्षेत्रहरुमा यसका सबै पात खस्छन् र वसन्त ऋतुका दिन तात्न लागेपछि पुनः पालुवा पलाएर हराभरा हुन्छन् र वसन्त ऋतुको अन्त्य तथा ग्रीष्मको शुरुतिर फूल फूल्न थाल्छन् ।







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन