Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com


स्न्यापड्रागन
सिर्जना भण्डारी

Phoolbari Logo

Snap-Dragon
स्न्यापड्रागनलाई नेपालीमा भ्यागुते फूल भनिन्छ । फूल टिपेर हातमा राख्दा भ्यागुतो बसेको जस्तो देखिने हुनाले र फूलको फेदपट्टी थिच्दा ड्रागन जस्तो आँ मुख बाउने हुनाले यो फूललाई भ्यागुथे तथा स्न्यापड्रागन फूल भनिएको हो । बालबालिकाहरु यो फूलसँग अति नै रमाउँछन् ।

स्न्यापड्रागन थुप्रै रङ्ग र किसिमका पाइन्छन् । यो माथितिर फर्किएर हलक्क बढेको हाँगामा तलदेखि माथितिर लटरम्म फूल्दछ । यस्तो लटरम्म फूल फूलेको हाँगालाई अंग्रेजीमा स्पाइक(spike) भनिन्छ । स्पाइकको टुप्पोतिर कोपिला लाग्दैजान्छ, तलतिरबाट फूल्दै आउँछ र फूलिसकेको फूलमा कोशा लाग्दै जान्छ । स्न्यापड्रागनका कोशा गोला आकारका केराउजत्रा ठूला हुन्छन् र बोटमा आकर्षक देखिन्छन् । तर बोटमा दाना रहनदिदा नयाँ कोपिला लाग्न बन्द हुने हुनाले बोटमा हानी नपुग्ने गरी कोशा टिपेर तथा काटेर फ्याक्नु पर्दछ । यसो गर्दा अझ बढि कोपिला लाग्छ र लामो समय सम्म फूल फूलिरहन्छ ।

Flower Spike
स्न्यापड्रागनले खुकुलो र मलिलो माटो, पानी राम्ररी तहरीने र कम्तीमा ६ घन्टा घाम लाग्ने ठाउँ रुचाउँछ । यसको बीउ एक ठाउँमा राखेर पछि अर्को ठाउँमा सार्नपनि सकिन्छ तर यसरी सारेको बिरुवा हुर्कन लामो समय लाग्ने र अलि कमजोर हुने हुनाले जहाँ हुर्काउने हो त्यहीँ बिउ छर्नु उपयुक्त हुन्छ । बिरुवा बाक्लो भए ४-५ इन्च अग्ला भए पछि छाँट्नु पर्छ । बिरुवा झ्याम्म परेको आकर्षक बनाउन र धेरै फूल लामो समय सम्म फूलाउन ५-६ इन्च भए पछि तर सारेको बिरुवा भए एक महिना पछि मात्र मुन्टा चिमोट्नु पर्छ । यो प्रकृया कोपिला लाग्नु भन्दा एक-डेढ महिना अघिसम्म गर्न सकिन्छ । तर ढिलो सम्म मुन्टा चिमोटी राख्यो भने कोपिला लाग्ने समय टरेर जान्छ र समय टरे पछि कोपिला लाग्दैन र बोट जति स्वस्थ्य र आकर्षक भए पनि फूल फूल्दैन ।

Snap-dragon Seeds and Seedling
स्न्यापड्रागनले हल्का ठण्डा मौसम रुचाउने हुनाले मध्यम तथा न्यानो हिउँद हुने क्षेत्रहरु जस्तै तराइका क्षेत्रहरु, काठमाडौं, भित्री मधेस, दक्षिण पहाडी क्षेत्रहरु आदिमा हिउँद ऋतुमा पनि स्न्यापड्रागनलाई सजिलै हुर्काउन सकिन्छ । तर बिउ उम्रीनका लागि भने हल्का न्यानो तापक्रम अर्थात १५ देखि २५ डिग्री सेन्टीग्रेटको आवश्यकता पर्दछ । बाहिर निकै चिसो छ भने घरभित्र झ्यालको छेउमा गमलामा बिउ उमार्न पनि सकिन्छ । यसरी चाढै उमारीएका बिरुवाहरू चाढै र लामो लामो समय सम्म फूलीरन्छन ।


Snap-Dragon in Vaase








प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू