Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



बोटबिरुवाको जिवन
सिर्जना भण्डारी




बोटबिरुवा के हुन्? (What are plants?)

प्रकृतिमा भएका सम्पूर्ण बनस्पतिहरु, जस्तै-घाँस पोथ्रा, लहरा, ठूला तथा साना रुख, बिरुवा आदि बोटबिरुवा हुन्। बोटबिरुवा पनि जिवन भएका बस्तु हुन्। यिनीहरु पनि खाना खान्छन्, पानी पिउँछन्, बढ्छन्, उज्यालो-अध्यारो र तातो चिसोको अनुभव गर्छन्।

बोटबिरुवाका किसिम (Types of plants)
बोटबिरुवाका किसिमहरु प्राणीहरुका भन्दा धेरै छन् । बोटबिरुवाका बिभिन्न किसिमको बिशेषताहरु तिनका आकार प्रकारका आधारमा मोटामोटी रुपमा चार भागमा बिभाजन गरिएको छ।

क) रुख (Tree)

ठूला अग्ला र कडा काठ हुने बोटबिरुवालाई रुख भनिन्छ जस्तै-बर, पिपल, सख्वा, आँप, अम्बा, सिसौ, डगउड, पारिजात, हिवीसकस आदि रुखका प्रकार हुन् र अरु पनि थुप्रै छन्। उचाइका आधारमा अग्ला र होचा, चौडाइका आधारमा फराकिला र सुलुक्क परेका, हुर्कने आधारमा छिटो हुर्किने र ढिलो हुर्किने फूल फूल्ने फूल नफूल्ने, साना, ठूला र रङ्गीन पात भएका आदि किसिमले बिभाजन गरीएका छन।

ख) पोथ्रा तथा बुटा (Shrubs)
रुख भन्दा साना, होचा, नरम काठ भएका र सानैमा झाँगिने किसिमका बोटबिरुवाहरुलाई पोथ्रा तथा बुटा भनिन्छ। जस्तै-लालुपाते, गुलाफ, केमिला, एजेलिया, बक्सउड, हाइडे्रन्जा, कोर्टान आदि। रुखका जस्तै पोथ्राका किसिम पनि थुप्रै छन्।

ग) साना बोटबिरुवा (Small Plants)

होचा र अति नाजुक डाँठ भएका बोटबिरुवाहरुलाई साना बोटबिरुवा भनिन्छ। जस्तै-बिभिन्न किसिमका घाँस, गाना जातका बोटबिरुवा, गोदावरी, सयपत्री, गजानिया, डियन्थुस, फ्रेशिया, होस्टा, पोर्टुलाका, डेजी, गोलभेडा, स्वीट एलजुम आदि। साना बोटबिरुवाहरु भुईमै टाँसिएर हुर्किने देखि अग्ला र फराकिला हुने किसिमका पनि छन्। साना खालका बोटबिरुवाहरु पनि फूल फूल्ने-नफूल्ने साना-ठूला, अग्ला-होचा आदि धेरै किसिम छन्।

घ) लहरा बोटबिरुवा (Vine)

घिसि्रने तथा अन्य बस्तुहरुको सहारामा हुर्किने बोटबिरुवाहरुलाई लहरा भनिन्छ। जस्तै-मालती कागजफूल, ट्रमपेट भाइन, साइप्रस भाइन, क्लेनेटीज, काँक्रो, स्कुस, तरभुजा, मनी प्लान्ट, स्वीट पि आदि। लहरे बोटबिरुवाका किसमहरु पनि थुपै्र छन्। केही निकै लामा लहरा जाने खालका हुन्छन् भने केही छोटो लहरा जाने खालका हुन्छन्। त्यस्तै ठूला तथा साना र रङ्गीबिरङ्गी पात भएका, फूल फूल्ने र फूल नफूल्ने आदि किसिमका हुन्छन्।

क्रमश..




अर्को:    हुर्किने समयअवधि र बोटबिरुवाका किसिम
अर्को पानाNext













धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू