Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



सयपत्री(Tagetes)
मुकेश घिमिरे

सयपत्री/ टी. इरेक्टा

Phoolbari Logo
अति लोकप्रिय फूल सयपत्रीलाई अंग्रेजीमा मेरीगोल्ड (Marigold) भनिन्छ। यसको बैज्ञानिक नाम टागेट्स(Tagetes) हो। यो अस्टर (Aster) परिवार र टागेट्स(Tagetes) बंशमा पर्दछ। यस बंशमा ५२ भन्दा बढि प्रजाती रहेका छन्। यो फूल रातो, सेतो, पहेंलो, सुन्तले, फिका पहेंलो, कलेजी आदि रङ्गमा फूल्दछ। यो एकवर्षिय बिरुवा साउथ अमेरिका क्षेत्रको रैथाने बिरुवा हो। यस बिरुवालाई राम्ररी हुर्कन र फूल्न प्रत्यक्ष्य प्रकाश (दिनभरी घाम लाग्ने ठाउँ), खुकुलो-मलिलो माटो र मध्यम मात्रामा पानीको आवश्यकता पर्दछ। सामान्य चिसो हिउँद हुने क्षेत्रहरुमा यो बिरुवा साउन भदौमा रोप्ने गरिन्छ र अति चिसो हिउँद हुने (तुषारो तथा हिउँ पर्ने) क्षेत्रहरुमा फागुन चैतमा रोप्ने गरिन्छ। रोपेको अठाई देखि तिन महिना भित्र फूल फूल्न थाल्छ। बोट ठूलो पार्न र धेरै फूल फूलाउन कोपिला लाग्नु एक महिना अघि सम्म मुन्टा चिमोट्नु पर्दछ। यस बिरुवाका पातको वासना कडा हुने हुनाले यसमा खासै रोग तथा किराको समस्या हुँदैन। सामान्य बिरुवाकासाथै आजभोलि हाइब्रिड गरी बिभिन्न आकार तथा रंगमा निकालिएका पाइन्छन्।

सयपत्रीका केहि लोकप्रिय प्रजातीहरु-
टागेट्स(Tagetes) लाई छोटकरीमा टी. भनिन्छ। बोटबिरुवाको बैज्ञानिक नाम बंश र प्रजाती मिलाएर लेख्ने गरिन्छ।

टी.टेनुफोलिया टी. लुकिडा
टी.टेनुफोलिया             टी. लुकिडा

 टी. पाटुला   टी. इरेक्टा
टी. पाटुला             टी. इरेक्टा

Marigold in Vase









धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू