Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



तिम्रो मनपर्ने फूल कुन हो ?
    सिर्जना भण्डारी





Phoolbari Logo
तिमीलाई फूलेको राम्रो फूल देख्दा कस्तो अनुभव हुन्छ? पक्कै पनि रमाइलो लाग्छ होला हैन? फूल टीपेर सुँघ्छौ होला, माला गाँस्छौ होला, घर कोठा सजाउँछौ होला हैन त?

Smelling flower Phool-mala
Flower Decoration Flower Arragement


बगैचामा तिमी धेरै किसिमका फूलहरु देख्न सक्छौ। धेरै आकारका र धेरै रङ्गका।

Different Shape and Color of Flower













धेरैजसो फूलहरु वसन्त ऋतुमा फूल्छन् त्यसैले वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि भन्ने गरीन्छ।

spring Garden












हरेक बोटबिरुवाका प्रकृति र प्रवृतिहरु फरक फरक हुन्छन् र फूल पनि फरक-फरक किसिमका फूल्छन्। केही अग्ला रुखमा फूल्छन्, केही होचा रुख तथा पोथ्रामा फूल्छन्, केही भुईमै टासिएका बिरुवामा फूल्छन् र केही लहरामा फूल्छन्।

Flowering Tree   vine
Low-growing  shrubs

डेजी, डेफोडिल, प्यान्जी, पिटुनिया, सयपत्री, जिरेनियूम, क्रोकुस, स्वीट पि आदि बसन्त ऋतुमा फूल्ने फूलहरु हुन् र अझै थुप्रै संख्यामा छन्।
pansy   Daffodil  
Daisy   Petunia  
Marigold   Geranium  
Crocus   Sweet pea

हुर्कने समयको आधारमा बोटबिरुवाहरुलाई एकवर्षिय र बहुवर्षिय गरी दुई भागमा बाँडिएको छ। एकवर्षिय बोटबिरुवाहरु एक मौसम मात्र बाँच्छन् र मर्छन् तर बहुवर्षिय बोटबिरुवाहरु लामो समयसम्म बाँचीरहन्छन् र मौसम अनुसार फूल्छन्।

Annual Plants

Perennial Garden

कोही बिभिन्न किसिमका फूलहरु रोपी फूलबारी सजाउँछन् र कोही चाहीं एकै किसिमका तर फरक रङ्गका फूलहरु रोपी फूलबारी सजाउन र कोही एकवर्षिय र बहुवर्षिय फूलहरु मिसाएर लगाउँदछन्।
Mix Garden

Plain Garden

धेरै फूलहरु मध्य गुलाफ अति लोकप्रिय र सुन्दर फूल हो। यसका किसिम थुप्रै छन् र ति एक अर्का संग फरक छन्। गुलाफ ठूला तथा साना बोट र लहरामा पनि फूल्छन्। गुलाफको फूलको प्रयोग विभिन्न उदेश्य जस्तै - अत्तर, तेल, औषधी, हर्बल चिया, श्रीन्गार र सजावटको सामाग्री आदि बनाउन प्रयोग गर्ने गरिन्छ।
Rose Shape and Color

Pink Rose Rose
Rose Scent Rose Tea
Rose Decoration Wearing Rose
Rose Vine Rose Cosmatic

कोही थुप्रै फूलबिरुवा लगाएर ब्यवसाइक खेती गर्ने गर्दछन्, जुन फूल हामी बजारमा किन्ने गर्दछौं।
Floriculture

Saling Flowers

फूलका किसिम र रङ्ग अनुसार तिनका नाम राख्ने गरिन्छ - रातो घण्टी फूल, लहरे फूल, लजावन्ती फूल, भान्सा फूल, सयपत्री आदि। यसरी राखीएका नाम एक अर्को भाषासंग मिल्दैनन्। बनस्पति विज्ञान (Botacical Science - बोटानिकल साइन्स) ले राखेको नाम सर्वमान्य हुन्छ र यो अंग्रेजि भाषामा हुन्छ।
Rato Ghanti/Hibiscus Lhare/Cypress Vine
Bhansa/Portulaca Lajabanti/Mimosa

मरुभुमिमा पनि फूलबिरुवाहरु पाइन्छन्। क्याकटस परिवारका बोटबिरुवाहरु मरुभुमिका रैथाने हुन् र यि पनि थुप्रै किसिमका छन्।
Cactus Tree Cactus
Christmas Cactus Succulent

ढकमक्क फूलेको फूलमा रङ्गी बिरङ्गी पत्रहरु देखिन्छन्, तिनले वरिपरी बासना छरिरहेका हुन्छन्। तर फूलको जिवन चक्र र बनावट कस्तो हुन्छ त?




बिरुवा पूर्णरुपमा हुर्किसके पछि सबभन्दा पहिला कोपिला लाग्छ र फूलका पत्रहरु सिपल भित्र बन्द हुन्छन्।




सबै फूलका भाले र पोथी अंग हुन्छन् । भाले अंगलाई स्टामेन (Stamen) भनिन्छ र यसका टुप्पामा पाउडर जस्ता थुप्रै परागणहरु हुन्छन्। पोथी अंगलाई पिस्टील (Pistil) भनिन्छ र यो फूलको गर्भाशयसंग जोडीएको हुन्छ। पिस्टील नलीको टुप्पामा च्यापच्याप लाग्ने गुलियो पदार्थ हुन्छ।
Stamen

Pistil

फूलको रङ्ग र बासनासंग बिभिन्न प्राणिहरु आकर्षीत हुन्छन् र फूलको रस चुस्न झुम्मीन्छन्। फूलको रस चुस्न झुम्मीएका किराहरु एक फूलबाट अर्को फूल चहारी रहन्छन्। यसरी फूल- फूल चहार्दा तिनका खुट्टा, पखेटा र थुतुनामा भाले अंगका परागकणहरु टाँसिन्छन् र अर्को फूलमा जाँदा ति कणहरु पिस्टीलको नलीमा आफैं टाँसिनपुग्छन्। यसरी फूलमा परागसेचन हुन्छ र चिचिला लाग्छन्। यिनै चिचिलामा पछि बिऊ पाक्दछ।

Pollination

Starting Fruit

पछि तिनै बिऊबाट नयाँ बिरुवा उमारिन्छ र हुर्काइन्छ। र तिनमा पनि त्यस्तै प्रक्रिया दोहोरिन्छ र बिऊ पाक्दछ। यसरी बोटबिरुवाहरुको पुस्ता चलीरहन्छ।
Ripe Seed

Plant Germination

नयाँ बिरुवा हुर्कन प्रकाश, माटो, पानी र मलको आवश्यकता पर्दछ।
Sunlight Soil
Water Fertilizer

केही फूलहरु जस्तै- ट्युलिप, डेफोडिल, डेलिया, क्रोकुस आदि बिऊबाट नभइ गानाबाट उम्रिन्छन् र केही गाना र बिऊ दुबैबाट उम्रिन्छन्। यस्ता बोटबिरुवाहरुलाई गाना जातका बोटबिरुवा भनिन्छ।
Tulip Daffodil
Dahlia Crocus

केही बोटबिरुवाहरुमा पात बिना नै ढकमक्क फूल फूल्छन् र पछि पात पलाउँछन्, जस्तै -चेरी, आरू आदि।

Cherry

Plum

केही फूलहरु पातैपात भएको हाँगाको टुप्पामा फूल्छन्, जस्तै - हाईड्रेन्जा, लिलि, लालीगुराँस आदि।
Hydrangeas

Ginger Lily

हरेक किसिमका फूल र तिनका रङ्गहरुको आफ्नै खालको महत्व र अर्थ हुन्छ। जस्तै - रातो गुलाफलाई मायाँ र सदभावको प्रतिक मानिन्छ, जुन सुकै किसिमको भए पनि पहेंलो रङ्गको फूललाई खुशी र मित्रताको प्रतिक मानिन्छ, त्यस्तै सेतो रङ्गलाई निर्दोष, शालिनता र शान्तिको प्रतिक मानिन्छ।
Red White
Yellow Orange

सबैको आ-आफ्नो रुची हुन्छ र आफूलाई मन पर्ने फूल र रङ्ग पनि हुन्छ। मलाई त सबै रङ्गका डेलिया फूल अति मन पर्छ। तिम्रो मनपर्ने फूल कुन हो ?











धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू