Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  




बोटबिरुवाबारे तथ्य

Phoolbari Logo
- बोटविरुवाहरु वनस्पति वर्गमा पर्ने जिवित वस्तु हुन् ।

- बोटविरुवा अन्तर्गत रुख, पोथ्रा, घाँस, लहरा, उन्यु, काइ, लेउ आदी पर्दछन् ।

- सबै किसिमका बोटविरुवाहरु मिलाएर करिब ३,५०,००० जति बोटविरुवाहरु पत्ता लागीसकेका छन् ।

- सन २००४ सम्म २,८७,६५५ प्रजातिहरु फूलफुल्ने बोटविरुवाका रुपमा चिनिएका छन् ।

- धेरै जसो बोटविरुवाहरु घामवाट उर्जालिएर हुर्कन्छन् ।

- घामबाट उर्जालिएर पातमा खाना वनाउने प्रक्रियालाई फोटोसिन्थेसीस (Photosynthesis) भनिन्छ ।

- थुप्रै बोटविरुवाहरु विषालु किसिमका छन् ।

- बोटविरुवाहरु मांसाहारी पनि हुन्छन् । भेनस फलाइट्रयाप (Vesus Flytrap) मंसाहारी विरुवा हो । यसले कीराहरु खान्छ ।

- सुनखरी फूलफुल्ने विरुवा मध्य सवभन्दा ठुलो वनस्पति परिवार हो । वनस्पलि विज्ञहरुका अनुसार ओर्किडका ८८० वंश र झन्डै २२,००० प्रजाति रहेका छन् र झन्डै २५००० प्रजाति अझै नचिनीएकै अबस्थामा छन् । ओर्किडका प्रजातिहरु स्तनधारी प्राणीहरु भन्दा चार गुणा बढि छन् र चराचुरुंगी भन्दा दूई गुणा बढि छन् । फल फलेर बीउ पाक्ने बोटबिरुवाहरुमा ओर्किडले ६ देखि ११ प्रपिशत स्थान ओगटेको छ । बर्षमा करिब ८०० ओर्किडका प्रजातीहरु थपिन्छन् ।

बोटविरुवाहको श्रेणी तथा तहगत विमाजन

किगंडम (Kingdom)

डिभिजन (Division)

क्लास (Class)

अर्डर (Order)

परिवार (Family)

वंश (Genus)

प्रजाति (Species)

किसिम (Types)

हाइब्रिड (Hybrid)

कल्टिभर (Cultiver)


झार - नचाहिने सबैकिसिमका बोटबिरुवाहरुलाई झार भनिन्छ । प्राय रैथाने बोटबिरुवाहरु झारका रुपमा आफैं उम्रीन्छन् ।


पराग - फल फल्ने बोटबिरुवाहरुका पराग कणहरु म्ानिस तथा प्राणीहरुका लागि बिषाल हन सक्छन् । परागकण छालामा छोइएमा एलर्जी हनका साथै आँखा नाक छालामा ठलो नोक्सानी पनि पर्याउन सक्छ । खतरनाक रोगहरुका औषधि देखि किट नासक बिषत्तहरु समेत बोटबिरुवाहरुबाटै तयार गरिन्छ । एकै वंश तथा प्रजातिका बोटबिरुवाहरु खान योग्य र अति बिषाल पनि हन्छन् जसको पहिचान गर्न समेत कठिन हन्छ जस्तै च्याउ । तसर्थ बोटबिरुवाहरु चिनेर मात्र तिनको प्रगोग गर्न पर्दछ ।








-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -                                                                            

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापनबिज्ञापन

बिज्ञापन