Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -




पाठकवर्गलाई आग्रह

बहुमुल्य सल्लाह सुझाब र प्रतिक्रिया पठाएर हाम्रो कमीकमजोरी भएका पक्षहरु औंल्याइ हामीलाई हौसला प्रदान गरिदिनु हुन सबै पाठकवर्गलाई अनुरोध गर्दछौं।

हाम्रो ब्याबस्थापन र प्रस्तुति अधूरो तथा असान्दर्भिक रहेछ भने पाठकवर्गले सहयोग गरिदिनु होला।




इ-मेलमा आएका प्रतिक्रियाहरुलाई पाठक प्रतिक्रिया र सुझाब मा राखिनेछ।

इ-मेल ठेगानाः phoolbari.com@gmail.com


हामीले पाठकवर्गका प्रतिक्रियाहरुलाई नै सफलताको सीढी मानेका छौं। प्रतिक्रियाका लागि केहि न केहि लेख्नुहोस्।

कृपया, सकेसम्म छोटो प्रतिक्रिया र लामो सुझाब पठाउनु होला।

फूलबारी डटकम टीम



पाठक प्रतिक्रिया र सुझाब

२-३ दिन नै भएछ अनलाइन पत्रिका तिर आँखा नपुगेको । नयाँ साइटहरुको खोजीमा नै अल्मलीरहेछु । यस्तैमा अचानक एउटा नयाँ साईट फेला पर्यो फुलबारी, साईट पुरानो हो तर मेरो हकमा नयाँ, साईट एकदमै आकर्षक थियो । ई-मन्दिर, मनोरंजन यसको आकर्षण थियो । नेपाल चार जात छत्तिस बर्णको साझा फुलबारी हो, यहि परिकल्पना सँगै रंगी चगीं डिजाईनमा निर्मित पृष्टभुमीमा थरि थरिका फुलहरु सजिसजाउ थिए । बिभिन्न फुलहरुको जातजातीको परिचय र फोटो हरुले फुलबारी साईट झकिझकाउ थियो । अझ भनौं त्यस भित्र बग्रेल्ती फुलेका नेपाली भाषा शाहित्यका नयाँ नयाँ फुल हरुका झकिझकाउ एकदमै शोभनिय रहेछ आहा क्या सुन्दर मेरो देश नेपाल । यो साइट र यसको नामले नै अपार राष्ट्रियता बोकेको र सुगन्ध छरेको भान भयो मलाई । हाम्रो साझा फुलबारी भित्रका फुलहरु हामी अनेकौं जातीहरुको परीकल्पना यस साईट भित्र थियो र थूप्रै यथार्थताहरु पनि फुलबारी साइटमा अटेको पाएँ मैंले । मनमा यो भाब मिठो पारामा छल्कियो र धन्यबाद भन्न चाँहे दिलैबाट यस साइटका अग्रजहरुलाई ।

राज राई संगम, युएई शार्जाह

==================================================

नमस्कार !,

यस डटकम बाट मलाइ पहिलेपनि इमेल आएको थियो मैले बेवास्ता गरिदिएं । किनकि यो ब्यापारीहरूको बर्तमान एरामा म कहिले पनि अप डेट हुन सकेको छैन। तर जे होस आजफूर्सदमा यसो हेरेको त उपयोगी नै पांए यो डट कम । बधाई ।
धन्यवाद !

नारायण, क्यनाडा

==================================================

धन्यवाद सिर्जना जी,

वास्तबमा, हामी कहाँ यस किसिमको ज्ञानको खाचो छ, फूलबारी डटकमले यस काममा सफलता पावोस ।

केशबहरी सुबेदी, काठमाडौं

==================================================

फूलबारी पत्रिका निकाल्ने भनेको साचयै हो?

तिमिला गिरी, काठमाडौं

==================================================

माफ गर्नु होला मलाई नेपाली टाइप गर्न आउँदैन । पूर्णरुपमा नेपाली भाषामा बोटबिरुवा सम्बन्धी लेखहरु पढ्न पाउँदा निकै खुशी लाग्यो । नयाँ नयाँ लेखहरु अपडेट गरिरहनु होला। (अंग्रेजीबाट अनुबाद गरिएको )

अच्चूत खरेल, काठमाडौं

==================================================

बोटबिरुवा सम्बन्धी जानकारीमुलक लेखका साथै नाम सहित आकर्षक फोटोहरु राख्नु भएको निकै राम्रो लाग्यो ।

कौशल पन्त, अमेरिका

==================================================

नयाँ नयाँ लेखहरु अपडेट गर्नुहोला ।

यूबराज नयाघरे, काठमाडौं

==================================================

फूलबिरुवाका बारेमा र त्यसमाथि पनि नेपालीमा! के भनुँ खै प्रसंसाको शब्दै छैन। तपाईको शुरुआतले पूर्णता लियोस र म जस्ता सबै फूलबिरुवा प्रेमीहरुले यसबारे जान्ने अवसर पाउन।

सुनिता नेपाल, काठमाडौं

==================================================

सिर्जना जी,

तपाईंको वेबसाइट साह्रै राम्रो लाग्यो, म पनि फुल बगैचामा निकै सोखिन छु। फूलबारी डटकमको सुन्दरता संगै एउटा छोटो कबिता कोर्न मन लाग्यो--

कसलाई मन नपर्ला फुल सोधी हेर त
मान्छे देखि देवता सम्म
स्वर्ग देखि पाताल सम्म
सबैको घर आगनमा
पृथ्बीको धरातलमा
मैदान देखि पहाड सम्म पनि
फुल्न सक्नॆ फुल
प्रकृतिको अनुपम बरदान हो
अनि सुन्दरताको प्रतिक हो।

सबैको मनमोहक गर्न सक्ने मोहिनी रुपकी खानी फुललाई लिएर सजाएको फुलबारी कार्यक्रम र फुलबारी डटकमलाई धेरै धेरै शुभकामना। फुल जस्तै सुवासित भएर बाच्न सकोस लामो आयु लिएर।

रजनी श्रेस्ठ, अमेरिका

==================================================

जहाँ इच्छा त्यहाँ उपाय, गर्नसके के हुदैन, बधाइ छ सिर्जना जी। मेरो लागि त यो एउटा उपहार जस्तै भएको छ। तर गुणस्तरमा चाहीं ध्यान दिनु होला।

जिना चौधरी, काठमाडौं

==================================================



सिर्जनाजी,

फूलबारी डटकम को सिर्जनामा तपाँइको सिर्जनशिलता देखेर अति प्रभावित भएको छुँ। फूल कसलाई मन नपर्दो हो ? म पनि अपवादमा छैन। तर फूलबारीमा मेहनत नगर्ने मेरो अल्छि बानिलाई फूलको धोको मेटन फूलबारी डट कमजस्तो थलो उपलब्ध गराएर धन्यवाद र प्रशंसाकोपात्र हुनु भएकोमा बधाई छ।

जब जब मनमा फूलको कमी महशुस हुन्छ तब तब फूलबारी डट कममा घुमेर तिर्सना मेटने बानी लागेको छ। ज्ञानमूलक र तिर्सनानिर्मूलक थलो उपलब्ध गराउनु भएकोमा फेरी पनि धेरै धेरै धन्यवाद भन्दै यसको निरंतर सफलताको पनि कामना गर्दछुँ। बासु श्रेष्ठ, उडब्रिज, भर्जिनिया

Name:बासु श्रेष्ठ Address:उडब्रिज, भर्जिनिया E-mail:--- ==================================================

बाललबालिकाको लागि लेखिएका लेखमा उनीहरुले बुझ्ने सरल भाषाका साथै सम्बन्धीत फोटो सहित उदाहरण प्रस्तुत गर्नु भए अझ प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ।

मनीसा तिमलसिना, काठमाडौं

==================================================

मन मन नै हो यसलाई दिमागले जित्न सक्दैन, जाँगर जाँगर नै हो अल्छीले कहिल्यै बुझ्दैन । बधाइको पात्र हुनुहुन्छ तपाईं, धेरै धेरै बधाइ छ, नयाँ नयाँ लेखहरु अवडेट गरिरहनु होला।

सुस्मीता पराजुली, काठमाडौं

==================================================

'चाँडै आउँदैछ' खण्डका किताव चाँडै पढ्न पाईयोस। सेवा दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

रोशन तन्डुकार, काठमाडौं

==================================================

सिर्जना जी, राम्रो काम थाल्नु भएछ, यसलाई निरन्तरता दिराख्नु होला। लेखहरु निकै कामलाग्दा छन, फोटोसंगै फूल तथा विरुवाको नाम पनि राख्दा कसो होला!

संविधा अधिकारी, काठमाडौं

==================================================

बोटबिरुवा र नर्सरीका वेबसाइटका लिंकहरु पनि राख्नु भए अझ प्रभावकारी हुन्थ्यो कि!

सरद झा, जनकपुर

==================================================

इ-मन्दिर असाध्यै मन पर्यो कृपया अझै मन्त्र भजन र आरतीहरु राख्नुस् न है ।

बालकुमारी खत्री, बेलायत

==================================================

पाठक प्रतिक्रिया







-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -                                                                            

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
सम्बन्धित लेखहरु
----------

बिज्ञापनहरू