जीवात्माको जन्म

भुवनेश्वर भण्डारी

प्रजापतिका गर्भमा रहेका बीजहरु भन्नाले असंख्य जीबात्माहरु पनि भगवानकै गर्भमा सुसुप्त अबस्थामा रहेका हुन्छन् । सबै जीवात्माहरु परमात्माकै अंशहरु हुन् । हरेक जीवात्मासंग भगवानबाट प्रदान गरेका पच्चिस तत्वहरु महाभूत तन्मात्रा ज्ञानेन्द्रिय कर्मेन्द्रियर षड्बर्ग निष्कृय अबस्थामा रहन्छन् त्यसबेला सम्म जीवात्मा परमात्मासंगै रहेको हुन्छ । जीवात्माले आपुनो कर्मको भोग भोगीसकेपछि महामाया भगवतीको प्रेरणाले जीवात्मामा इच्छाशक्ति अहंकार उत्पन्न हुन्छ । अहंकारबाट आफ्नो बिषय वासनाको भोग गर्नुका साथै शरीर धारण गरेर पुण्य कमाउने जीवात्माको प्रबल इच्छा हुन्छ । इन्द्रिययुक्त शरीर बिना जीवात्माको इच्छा सिद्धि नहुने हुँदा जीवात्माले शरीर धारणा गर्दछ । यसै शरीर धारणा गर्ने कि्रयालाई जन्म भनिन्छ ।

पुरुषले खाएको खाद्य बस्तुबाट पुरुषमा बीर्य बन्दछ । त्यही बीर्य मैथुन कि्रयाबाट मातृकोखमा रज्संग समागम भएर गर्भको अण्डभित्र प्रवेसगर्दछ । नवौं महिना पूरा भएपछि सबै तत्वहरु शरीरमा तयार हुन्छन् र प्रसुती नामको बायुले बाहिर निकाली दिन्छ । मातृकोखबाट पर्याबरणमा बाहिर निस्केको शिशुलाई जन्म लिएको मानिन्छ र पृथ्बीमा झरेको समयबाट मात्र जन्मका क्षणहरुको गणना हुन्छ । यसरी जन्म लिएको जीवात्माले भगवानलाई भुलेर भयरुपी संसारमा बिषय सुख लिप्सामा रुमलिन्छ । संसारमा जति योनीहरुमा प्राणीहरुको जन्म हुन्छ सबैको जन्मको प्रकि्रया एकैनासको हुन्छ । तीर्यक तुच्छ योनीमा जन्मने जीवात्माको गर्भ धारण समय छोटो हुन्छ तथा ठूलो योनीको गर्भ धारण गर्ने समय लामो हुन्छ । प्राणीहरुको गर्भ धारण समय तीन दिन देखि अठार महिना सम्मको हुन्छ भन्ने प्रमाण जीव विज्ञानले बताएको छ । जुन कर्मवासनाको इच्छा जीवात्माले राखेको हुन्छ त्यॊ पूरा गर्न त्यस्तै योनीमा उसको जन्म हुन्छ । पुण्य कमाउने सांसारिक सुखलिप्सालाई त्यागेर भगवत प्राप्तीमा लाग्ने बिषय वासनाको भोग गरेर परमानन्द प्राप्त गर्ने तथा मोक्ष प्राप्त गर्ने आदि आकांक्षा राखेको जीवात्माको जन्म मानिसको योनीमा हुनै पर्दछ । मानव शरीर भन्दा अरु शरीरबाट भगवत प्राप्ती हुन सक्दैन ।

गीता दर्शनमा बताएको छ कि "ते तं भुक्त्वा स्वर्गलोकं बिशालं क्षीणे पुण्येमत्र्यलोकं बिसन्ति ॥ एबंत्रयीधर्ममनुप्रपन्ना गता गतं कामकामा लभन्ते ॥" (गीता नवम अध्याय २१ श्लोक) अर्थात् स्वर्गलोकको विशाल आनन्दादि भोगमा पुण्य समाप्त भएपछि मत्र्यलोकमा पुण्य कमाउन फेरि जन्मनु पर्दछ र आफ्नो क्षमतानुसारको पुण्यको कमाई जीवात्माले गर्दछ । त्यस्तै "प्राप्य पुण्य कृतां लोकानुषित्वा शाश्वति समा ॥ शुचीनां श्रिमतां गेहे योगभ्रष्टो भिजायते ॥" (गीता अध्याय छ श्लोक ४१) अर्थात् मर्त्यलोकमा आएर के कस्तो कमाई गर्नु छ त्यस्तै कमाई गर्न मिल्ने योनीमा जीवात्मा प्रबेस गर्दछ । पुण्य कमाउन घरानिया परिवारमा जन्मन पुग्छ र बिषय भोगमा मस्त हुन इच्छा सिद्धि हुने योनीमा जीवात्मा जन्मन पुग्दछ । मानिस इन्द्रियबाट भोग गरिने सम्पूर्ण सुखलिप्साबाट निबृत्त भएर मोक्ष पाउन धेरै जन्म सम्म पुण्यकमाउन निरन्तर लागिरहनु पर्दछ र बिषय वासनाबाट वैराज्ञ प्राप्त भएपछि मात्र जीवात्मा मोक्ष भएर परमात्मामा मिल्न सक्दछ । शरीर क्षणभंगुर छ इच्छाहरु अनन्त छन् बाधाअर्चन धेरै छन् इन्द्रियहरु अजय छन् तापनि मोक्षमार्गमा लाग्न मनुष्य योनीबाट मात्र सम्भब भएकोले पुण्यात्माहरु मात्र जितेन्द्रिय भएर सद्गति प्राप्त गर्दछन् ।

भगवानलाई प्राप्त गर्न पुण्यकर्महरु गर्नु पर्दछ र पुण्यकर्म गर्न शरीर चाहिन्छ । शरीर धारण गर्न जीबात्माले जन्मनु पर्दछ । जब सम्म जीबात्मा परमात्मामा मिल्दैन तब सम्म शरीरमा जीबात्मा प्रबेस गरिरहन्छ । जीबात्माले शरीर धारण गर्नुलाई नै जन्मनु भनिन्छ र जुनसुकै योनीमा पनि जन्मन सक्दछ । जीबात्माले कामबासना पूरागर्न आबश्यक योनीमा जन्म लिन्छ र बिषय बासना पूरा नभए सम्म जन्म लिइरहन्छ ।






Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ