दश इन्द्रिय

भुवनेश्वर भण्डारी

जो गुणले ब्याप्त भएको तैजस अहंकारबाट प्राणीहरुको तेजको बृद्धि हुन्छ । तेजको पर्यायबाची शब्द शक्ति हुन्छ । शक्ति बढाउन प्रयोगमा आउने सबै तत्वहरु तैजस अहंकार भित्र पर्दछन् । ती तत्वहरुलाई महाभूतका तन्मात्रा वा ज्ञानेन्द्रिय मानिएकोछ । प्राणीहरुलाई शक्तिशाली बनाउन भगवानले इन्द्रियको रुपमा तत्वहरुको सृष्टी गरेका हुन् । तिनै तत्वहरुलाई्र दश इन्द्रिय भनिन्छ । पाँचवटा ज्ञानेन्द्रिय र पाँचवटा कर्म इन्द्रिय गरी दशवटा इन्द्रियहरुको सजावट देहधारी प्राणीमा गरिएको हुन्छ । ज्ञानेन्द्रियहरु १.कान २.छाला ३.आँखा ४.जिभ्रो ५.नाक हुन् । यी पाँच तत्वहरुका तन्मात्रामा शब्द, स्पर्श, रुप, रस, गन्ध मानिएका छन् । जंगम (हिडडुल गर्ने)प्राणीहरुको बल तेज प्रकट गर्ने साधनको रुपमा भगवानले प्रदान गर्नु भएको अंगहरुलाई कर्म इन्द्रिय भनिन्छ । जसमा १.मुख २.हात ३.गोडा ४.उपस्थ (लिंग) ५.पाउ (गुदां )पर्दछन् । ज्ञान प्राप्त गर्ने पाँचवटा र काम गर्ने पाँचवटा गरी जम्मा दशवटा इन्द्रियहरुको समुहलाई दशेन्द्रिय भनिन्छ । शरीरको आकार र बनोट अनुसार इन्द्रियहरुको कार्य क्षमता फरक हुन्छ । प्राय दशै इन्द्रियहरु कार्यरत हुन्छन् । कुनै जात बिशेषमा भने खास इन्द्रियहरु मात्र प्र्रबल रहेका हुन्छन् । जस्तो माछामा स्वादतत्व बलबान मृगमा शब्दतत्व बलबान पुतलीमा रुपतत्व बलबान भमरोमा गन्धतत्व बलबान तथा हात्तीमा स्पर्श तत्वहरु बलबान रहेको पाइन्छ । तिनीहरुका इन्द्रिय जिभ्रो कान आँखा नाक तथा छाला क्रमशः बलबान भएको पाहिएको छ । तर मानिसको शरीरमा भने पाँचैवटा ज्ञानेन्द्रहरु प्रबल भएको हुन्छ । यी ज्ञानेन्द्रियहरुको सदुपयोग भयो भने मानिस देवता समान हुन्छ र दुरुपयोग भयो भने राक्षश समान बन्छ ।

भगवानले प्राणीहरुलाई उपहार स्वरुप दिएका दशेन्द्रियहरुको संक्षिप्त चिनारी निम्न बमोजिम गरिएको छः
१. कान- आवाज सुन्ने ज्ञान शब्द तत्वबाट पाइन्छ र त्यो सुन्ने काम कानबाट हुन्छ । राम्रा र चाहिने कुराहरु आत्मसाथ गर्न र नराम्रा कुराहरु ह्टाउनका लागि दुईवटा कान भगवानले दिनुभएको छ

२.छाला- बाहिरको चिसो तातो तथा बस्तुको कडा नरमपन आदिको ज्ञान छालाबाट थाहा हुने हुँदा छालालाई पनि एक ज्ञानेन्द्रिय तत्व मानिएको छ । स्पर्श तत्वको जानकारी अरु इन्द्रियबाट हुन सक्दैन ।

३.आँखा- रुप तथा रंगको पहिचान गर्ने काम रुपतत्व बिद्यमान रहेको आँँखाले मात्र गर्दछ । आँखा भित्र रहेको निमीले रुपतत्वको जानकारी गराउछ ।

४.जिभ्रो- चारै (पिउने, चपाउने, चुस्ने र चाटने) प्रकारका खाद्य पदार्थको तीतो, गुलियो, नुनिलो, खल्लो आदि बिभिन्न स्वादको जानकारी लिने जिभ्रो रसतत्वको ज्ञाता एक ज्ञानेन्द्रिय हो ।

५.नाक- राम्रो तथा नराम्रो खालका् वास्ना तथा गन्ध लिने काम नाकले गर्दछ । त्यसैले नाक एक ज्ञानेन्द्रिय गन्धतत्व सन्चालक हो ।

६.मुख- शरीरलाइृ्र आवश्यक पर्ने सम्पूर्णा पौष्टिक तत्व शरीर भित्र पठाउने मूलढोकाको रुपमा रहेको प्राणीको मुख अत्यन्त महत्वपूर्ण अंग हो । यसै अंगबाट शरीरधारी प्राणीहरु भित्र रहेको बेदना बाहिर प्रकट गर्दछन् ।

७.हात- शरीर भित्र रहेको शक्ति देखाउने काम र आत्म रक्षा गर्ने जस्ता कामहरु ह्ातबाट हुन्छ । सुनौला काम गर्नका लागि हातनै महत्व पूर्ण अंग मानिएको छ ।

८.गोडा- शरीरलाई बोकेर एक ठाँउबाट अर्को ठाँउमा स्थानान्तरण गर्ने काम र अरु नौ वटा इन्द्रियहरुले चाहे बमोजिमको सेबा गर्ने गोडा चाकर समान भएको छ ।

९.उपस्थ (जनेन्द्रिय)- आफु जस्तै सन्तान उत्पन्न गराउन सहबासको रुपमा प्रयोग गरिने लिंगबाट रज् तथा बीर्य उत्पादन गर्नुका साथै बिकारको रुपमा रहेको पिसाब बाहिर फाल्ने तथा सन्तान उत्पादन गर्ने काम पनि हुन्छ ।

१०.पायु (गुदा)- मुखबाट खानपिनको रुपमा खाएर नपचेको बिकारी तत्वलाई बिष्टाको रुपमा बाहिर मल हटाउने काम गुदाबाट हुन्छ । शरीर भित्रका अनावश्यक बिकार हटाउने र आवश्यक कुरा तान्ने जस्ता काम पायु तत्वबाट मात्र सम्भब हुन्छ ।






Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ