दश दिक्पाल

भुवनेश्वर भण्डारी

हिन्दु धर्ममा तेत्तिस कोटी देवताहरुको बर्णन गरिएको पाइन्छ । परोपकारी जति सबैलाई देवताको संज्ञा दिएको छ । दिशाको संख्या जम्मा दशवटा मानिएको छ । १.पूर्ब २.आग्नेय ३.दक्षिण ४.नैऋत्य ५.पश्चिम ६.बायब्य ७.उत्तर ८.ईशान ९.उर्ध (माथि) १०.अध (तल) ।

माथि लेखिएका दशै दिशाका अधिष्ठात्री देवतालाई दिक्पाल भनिन्छ । दिक्पालहरु निम्न छन्ः
१.इन्द्र देवतालाई पूर्ब दिशाका दिक्पाल मानिएको छ । पहिलो देवता भएकोले इन्द्रलाई देवताका राजा भनिन्छ । इन्द्र तत्व भनेको वाष्पीकरण हो । वाष्पीकरण भएन भने मौसम सुख्खा हुन्छ र प्राणीहरु जीबीत रहन सक्दैनन् । त्यसै हुनाले इन्द्र तत्वलाई दिक्पाल आदि देवताहरुको प्रमुख मानिएको छ । पृथ्बी पश्चिमबाट पूर्ब िहंडेका कारणबाट जति पनि ग्रह तथा तारापुाजहरु पूर्बबाट पश्चिम तर्फ िहंडेको देखिने हुँदा सूर्य आदि सबै पिण्डहरु पूर्बबाट उदाएको मानिन्छ । हिन्दु शास्त्र अनुसार सबै देवताहरु पूर्ब तर्फ फर्किएका हुन्छन् । तसर्थ शुभकार्यमा पूर्ब दिशा नै उत्तम दिशा कहलाइएको छ । सृष्टीकर्ता ब्रह्माजीको पूजा पूर्बमा कलश थापेर गरिन्छ ।

२.अग्नि देवतालाई आग्नेय दिशाका दिक्पाल भनिन्छ । देवताहरुमा प्रखर देवता नै अग्नि हुन् । अग्निका नामहरु काम अनुसार धेरै छन् । अग्नि देवता प्रतिकुल भएमा सारा भौतिक तत्व खरानीमा परिणत हुन्छ । रुप तत्वको बिकार अग्निको समुचित प्रयोग हुन्जेल देवताको सेवा पाइन्छ । दानव राजाहरुले अग्निलाई समुचित प्रयोग गरेर लुगा धुन लगाएका थिए भन्ने कुरा मार्कण्डेय पुराणमा लेखिएको छ "अग्नि शौचे च बाससी" ।

३.दक्षिण दिशाका दिक्पाल यम देवता हुन् । कुनैपनि कार्य सम्पादन गर्न प्रयोग गरिने नीति तथा नियमलाई यम भनिन्छ । दक्षिण दिशालाई अपवित्र दिशाको रुपमा मानिएको छ । दक्षिण मार्गलाई गरुड पुराणमा भयाबह दुःखदायी बैतरणी आदि यम मार्गको संज्ञा दिएको छ । यमराजको अर्को सुखद नाम धर्मराज पनि हो । पितृहरुका उद्धारकर्ता धर्मराज यसै दक्षिण दिशाका दिक्पाल भएकोले श्राद्ध तथा अन्तेष्टी दशाह कि्रया कर्म गर्दा दक्षिण तर्फ फर्केर पितृलाई जलदान अन्नदान पिण्डदान शैंयादान आदि दान गर्नु पर्दछ । कर्मकाण्डको प्रतिमूर्तिको रुपमा रहेको यजुर्बेदको र धर्मराजको कलशको पूजा दक्षिण दिशामानै गरिन्छ । अरु शुभकार्य गर्दा दक्षिण दिशा निषेध गरिएको छ ।

४.नैऋत्य दिशाका दिक्पाल देवता निऋति हुन् । निऋतिलाई चित्रगुप्त देवता मानिएको छ । नीति नियमहरु के कस्तो रुपमा पालना भएको छ वा छैन त्यसको यथार्थ हिसाब राख्ने र कर्म अनुसारको फल दिने काम चित्रगुप्तबाट हुन्छ । त्यसैले कर्म अनुसारको फल दिने नौ वटै ग्रहहरु बस्ने ठाउँ पनि नैऋत्यनै हो ।

५.पश्चिम दिशाका दिक्पाल बरुण देवतालाई मानिएको छ । बरुणलाई जल देवता पनि भनिन्छ । द्रबीकरण अर्थात् बाफ वाष्प चिसिएर बादलको रुपमा द्रबीकरण भएर पानी बर्षाउने तत्वलाई बरुण तत्व भनिन्छ । पानी बिना प्राणीहरुको प्राण नरहने भएकोले बरुण तत्व अति उपयोगी देवता मानिएको छ । पहिले वाष्प बनेकोले पूर्बे इन्द्र र पछि द्रबीकरण भएर पानी पर्ने भएकोले पश्चिमे बरुण भनिन्छ । बिष्णु भगवानको कलशको स्थापना र भगवानको पूजा पश्चिम दिशामा नै हुन्छ ।

६.बायब्य दिशाका दिक्पाल बायु देवता हुन् । नदेखिने तर शब्द सुनिने बायु दानव माता दितीका पुत्र हुन् । इन्द्रको छलबाट टुकि्रएर उनन्चास हुन पुगेका दानबहरु प्र्रतिकुल भएमा दानवकै रुप लिएर हुरी बतास आँधी चक्रवात आदिबाट उडाउँछन् भने देवताको रुपमा प्राणबायु बनेर हरेक प्राणीको स्वासप्रस्वासमा पुग्दछन् र पर्याबरणलाई सुरम्य बनाउँछन् । सप्त मरुतगण पनि बायुकै अर्को नाम हो ।

७.उत्तर दिशाका दिक्पाल कुबेर देवता हुन् । धन मान र सुखसयलका दाता कुबेर देवताको क्षेत्रमा ऋषिमुनी तथा महात्माहरुको तपस्या गर्ने ज्यादै पवित्र ठाउँ मानिएको छ । मुक्तिमार्गको बर्णन पनि यसै क्षेत्रलाई हरेक पुराणहरुले गरेका छन् । रुद्र देवताको कलशको स्थापना र पूजा उत्तर दिशामा नै हुन्छ ।

८.ईशान दिशाका दिक्पाल देवता साक्षात ईश्वर शिव देवता मानिएको छ । ईशानमा शान्तिकलशको स्थापना गरिन्छ र त्यसै कलशमा ५४ वटा आबाहनादि देवताको आबाहना गरेर पूजा गरिन्छ । सदाशिब भगवानको प्यारो ईशान दिशा भएकोले वास्तुको बर्णनमा पूर्ब र उत्तरको कुनोलाई ठूलो महत्व दिएको छ ।

९.उर्ध (आकाश) दिशाका दिक्पाल देवता ब्रह्मालाई मानेको छ । सृष्टीकर्ता ब्रह्माजी आफैं आकाशका देवता भएकोले पर्याबरण सुरम्य बनाई सम्पूर्ण प्राणीहरुको रक्षा गरेका छन् ।

१०.अध (पाताल) दिशाका दिक्पाल देवता अनन्त भगबानलाई मानिएको छ । शेषसाई भगवान विष्णु पृथ्बी भित्र पसेर प्राणीहरुका लागि आवस्यक औषधिको उत्पादन गरेर समुचित बितरण गरेको पाइएको छ ।





Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ