त्रिदेव

भुवनेश्वर भण्डारी

हिन्दु धर्ममा तिनवटा देवताहरु ब्रह्मा, विष्णु र महेश्वरलाई त्रिदेव भनिन्छ । त्रिगुणसत्व रज तमका अधिष्ठात्री देवता पनि त्रिदेव भित्रै पर्दछन् । रजो गुणका देवता श्रिष्टीकर्ता सत्व गुणका पालनकर्ता र तमो गुणका संहारकर्ता मानिएको छ । तिनवटै देवताको एउटै नाम ॐ हो । यसमा अ-उ-म् सम्क्षिप्त नामहरु हुन् । यसको अर्थ बाट ब्रह्माजी बाट विष्णु र म् बाट महेश्वर मानिएको छ । यो विश्व ब्रह्माण्ड उत्पन्न हुनुभन्दा पहिले याबत पदार्थ तथा जीवहरु उनै भगवान प्रजापतिका गर्भमा भण्डारको रुपमा थिए । वेदमा भनिएको छ "प्रजापतिश्चरतिगर्भे अन्तरजायमानो बहुधाबिजायते" अर्थात् प्रलय कालमा प्रजापतिका पेटमा विश्वका सम्पूर्ण बीजहरु सुरक्षित रुपमा रहेका हुन्छन् । भगवानले प्रकृतिको साथ लिएर पाचमहाभ…त् आदि महत्तत्वको उत्पत्तीका साथै सुर्य, नक्षत्र, तारागण, ग्रह मण्डल, पृथ्वी आदि साकार पिण्डहरु उत्पन्न गराएपछि प्रकृतिले आफ्नो रुप विकृतिको रुपमा विस्तार गर्दछ ।

आफैं भगवानले ब्रह्माजी बनेर स्थावर र जङ्गम दुई प्रकारका प्राणिहरुको श्रिष्ठी गर्दछन् । स्थाव र प्राणीहरुमा याबत् वनस्पतिहरु पर्दछन् । जङ्गम प्राणीहरुमा जलचर, थलचर तथा नभचर (आकाश) अर्थात् पानीमा खेल्ने, भुइमा हिंड्ने तथा हावामा उड्ने प्राणीहरु पर्दछन् । यी सबै प्राणीहरु चार प्रकारबाट उत्पन्न हुन्छन् जसमा जरायुज, उद्वीज, स्वेदज तथा अण्डज हुन् । जरायुज र उद्वीज जातका वनस्पति हुन् भने स्वेदज र अण्डज जातका जंङ्गम प्राणीहरु पर्दछन् । श्रिष्टीकर्ता ब्रह्माजीलाई रजोगुणी मानिएको छ । रजोगुण भएका ब्रह्माजीले मानिस श्रिष्ठी गर्दा ठूलो-सानो, माथ्लो-तल्लो जात-अजात तथा बाहुन, क्षेत्री, जनजाती, दलित (पानी चल्ने, नचल्ने) छुत-अछुत आदिको भेदभाव राखेका कदापि होइनन् । यस्तो भेदभाव पछिका शासक प्रशाशकहरुले गरेका हुन् ।

जन्मदिने काम ब्रह्माजीबाट भएपछि ती प्राणीहरुको रक्षा लालन पालन आदि कामको अभिभारा लिने काम भगवानले आँफै विष्णुको रुप लिएर गरेको हुदा प्राणीहरुका पालनकर्ता विष्णुलाई मानिएको छ । चराचर विश्वका प्राणीहरुको पालन गर्न खाने सामान जुटाउन खुवाउन पियाउनका लागि रुप परिबर्तन समेत गनुपर्नॆ् र कठीन कामको अभिभारा परब्रह्मपरमात्माले विष्णुालाई दिएकोले यो काम गर्दा सत्वगुणी हुनु परेको छ । भरण पोषण गर्ने काम विष्णु तत्वको भएकोले जस्तो जीवको जात छ त्यस्तै आहारा बनेर औषधिको रुपमा अमृत पियाएर प्राणीहरुलाई हुर्काउने गर्दछन् । स्तनधारीहरुका लागि दुध बनेर, सरीसृपका लागि हावा बनेर, वनस्पतिका लागि रस बनेर र मांशाहारी जन्तुका लागि जीब बनेर विष्णु भगवानले आहारा पुरा गरिदिएका हुन्छन् । "गामाविस्य च भूतानि धारयाम्यहमोजसा ॥ पुष्णामि चौषधि सर्बा सोमोभुत्वा रसात्मकम्" (॥१३॥ गीता १५ अध्याय) अर्थात् भूमि भित्र प्रबेश गरेर सम्पपूर्ण जीबीत प्राणीलाई आबश्यक पर्ने जात अनुसारको पोषणयुक्त आहाराको रुपमा अमृत जस्तो रसिलो औषधि पियाएर पाल्ने काम साक्षात् भगवानबाट हुन्छ । श्री कृष्णले अर्जुनलाई दिएको उपदेशको यो श्लोकमा विष्णु तत्वले प्राणीहरुको पालना गरेको यथार्थ छ । पालना गर्दा सबै प्राणी सधै बलिया रसिला होउन भन्ने आकांक्षा राखिने हुँदा विष्णु तत्वमा सत्वगुण रहेको हुन्छ ।

संसार परिवर्तनशील छ । भौतिक तत्वको नाश अबश्यमेव हुनै पर्दछ । संधै एकैनास किहं केहिपनि रहँदैन । प्रकृतिको स्वरुप परिवर्तन भइरहन्छ । एक अवस्था हराएर अर्को अवस्था देखिनुलाई पहिलो अवस्थाको संहार भएको मानिन्छ । हरेक प्राणी बुढो तथा कमजोर हुन चाहदैन तर भौतिक शरीर बुढो र कमजोर हुनु प्रकृतिको नियमै हो । बुढो पुरानो बस्तु नहटाए श्रिष्टीको गति रोकिन्छ । यही हटाउने कर्मलाई संहार (नाश) भनिन्छ । मृत्यु प्रत्येक प्राणीका लागि मन पर्ने कुरा होइन । यस्तो कामलाई तमोगुणी भनिन्छ । महेश्वररुद्रको रुपमा यो संहारको काम हुने भएकोले महेश्वरलाई संहारकर्ता तमोगुणी भनिन्छ ।

तसर्थ, त्रिदेव भन्नाले ब्रह्मा, विष्णु, महेश्वर 'देवता' मा सत्व, रज, तम 'गुण' मा श्रिष्टी, स्थिति संहार, 'काम' मा फरक फरक देखिएता पनि वास्तबमा एकै मान्नु पर्दछ । 'ॐ' सधै एकै अवस्थामा रहन्छ र कार्य बिशेषमा तीन रुपले काम गरेको पाइन्छ । प्रलय कालमा 'ॐ' एकै संयुक्त अक्षर भएर रहन्छ र प्रभव कालमा तीन भएर काम गर्दछन् ।






Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ