शरीर र जीवात्मा

भुवनेश्वर भण्डारी

गवानको सृष्टी गर्ने इच्छाशक्ति अहंकार मध्यको तामस अहंकारबाट प्रकृतिको गतिशिलता बड्दैगयो । तामस भन्ने शब्दले शरीरधारी प्राणीहरुमा रहेको जीवात्मा र भगवानको सम्बन्ध टाढिदै जानु तथा जीवात्मा कर्मबन्धनमा बाँधिएर मोहबस ईश्वरीय प्रभुसत्तालाई बिर्सिएर इन्द्रिय वासनामा मग्न हुने अधोगतिलाई बुझाउँछ । ईश्वरीय भावबाट महत्तत्व रुपी त्रिगुणमा मुछिनु र इन्द्रिय सुखलिप्सामा निरन्तर भुल्नुलाई नै तामस अहंकार भनिन्छ । तामस अहंकारको दृष्टान्तमा शरीरधारी जीवलाई लिएको छ । शरीरधारी जीवात्मा संधै बिषय सुखको बन्धनमा बाँधिएको हुन्छ । इन्द्रियबाट भोग गरिने बिषय वासनाहरुमा वैराज्ञ उत्पन्न नहुन्जेल त्रिगुणात्मक बन्धनबाट जीवात्मा उम्कन सक्दैन । पाचमहाभूतबाट बनेको पान्चभौतिक शरीरले भौतिक तत्व बाहेक आध्यात्मिक तत्वको खोजिगर्न चाहदैन । शरीर नाशवान भएकोले नाशवान नै भौतिक तत्वलाई सारभूत वस्तुको रुपमा जीवात्माले गणना गर्दछ । भगवानबाट विश्व सृष्टीका लागि उत्पन्न गरेका सबै तत्वहरु बिद्यमान भएको शरीरधारी जीवात्माले भगवानको मायामा फसेर आफ्नो हितकारी परमात्मालाई बिर्सन्छ ।

शरीरको बनोटको प्रकृति हेर्दा भगवान बाहेक अरुले बनाएको भन्न मिल्ने ठाउँ कतै छैन । तामस अहंकारबाट पाचमहाभूतका तत्वहरुले बनेको शरीर भएकोले नाशवान छ । देह तथा शरीर सन्चालन गर्ने जीवात्मा अब्यय (अमर) भएकोले जीव संगसंगै आएका तत्वहरु मन, बुद्धि, अहंकार, चित्त, काल र जीव यी अबिनाशी षड्बर्ग तत्वहरु शरीर भित्रै रहेका छन् । सास्वत तत्वहरु आकाश वायु तेज पानी र पृथ्बीबाट बनेको पन्चभौतिक शरीरमा पाचतन्मात्रा शब्दस्पर्श रुपरस र गन्ध प्राप्त गर्ने ज्ञानेन्द्रियहरु कान, छाला, आँखा, जिभ्रो र नाक प्रत्येक शरीरमा सजाइएका छन् । शरीरको अन्तरात्मामा रहेको मनले चिताएका कार्यहरु सिद्ध गर्न भगवानले पन्चकर्मेन्द्रियहरुको पनि शरीरको यथोचित भागमा सजावट गरिदिएको छ । मुख, हात, गोडा, उपस्थ (लिंग), पायु (गुदा) यी पाँचवटा कर्मेन्द्रियहरु हुन् । हरेक शरीरमा नौ वटा छिद्र प्वाल हरु भगवानले बनाइदिएका छन् । दुई आँखाले हेर्ने र चिप्रा फाल्ने, दुई कानले सुन्ने र कानेगुजी फाल्ने, दुई नाकले सुघ्ने र सिगान फाल्ने, मुखले खाने पिउने बोल्ने र कफ फाल्ने, उपस्थ लिंग ले सन्तान उत्पन्न गर्ने र पिशाब फाल्ने तथा पायु गुदा ले पाचनकि्रयाका लागि आवश्यक तत्वहरु तान्ने र अपान वायुकासाथै बिष्टा फाल्ने आदि काम सबै प्वालहरुबाट निरन्तर भइरहेको छ । "नवद्वारे पुरे देही नैव कुर्बन्नकारयन्" अर्थात् नौ वटा ढोका भएको शरीरमा रहेको जीवात्माले केही पनि काम गर्दैन भन्ने गीता दर्शन अनुसार सारा कामहरु राम्रा नराम्रा मन बुद्धि र इन्द्रियबाट भएका हुन्छन् । भौतिक शरीरधारी प्राणीहरुका इन्द्रियहरुबाटै निरन्तर कार्यहरु भइरहन्छन् । नाशवान भौतिक शरीर भित्र बसेर जीवात्मा आपुनो परममित्र परमात्मालाई बिर्सिएर इन्द्रियको बसमा परी बिषय भोगमा आसक्त हुन्छ र मायाको बसमा परेर सांसारिक बन्धनमा बाँधिन्छ । भगवानले बिश्वको सृष्टी गर्नका लागि उत्पन्न गरेका तत्वहरु निम्न छन् । १.मन २.बुद्धि ३.अहंकार ४.चित्त ५.काल ६.जीव ७.आकाश ८.वायु ९.तेज १०.पानी ११.पृथ्बी १२.शब्द १३.स्पर्श १४.रुप १५.रस १६.गन्ध १७.कान १८.छाला १९.आँखा २०.जिभ्रो २१.नाक २२.मुख २३.हात २४.गोडा २५.उपस्थ (लिंग) २६.पायु (गुदा) समेत गरी छब्बिस तत्वहरु छन् । छोटकरीमा यी तत्वहरुको नाम यसप्रकार छ ।
- पन्चमहाभूतः आकाश, वायु, तेज, पानी र पृथ्बी
- पन्चतन्मात्राः शब्द, स्पर्श, रुप, रस र गन्ध
- पन्चज्ञानेन्द्रियः कान, छाला, आँखा, जिभ्रो र नाक
- पन्चकर्मेन्द्रियः मुख, हात, गोडा, उपस्थ र पायु
- षड्बर्ग तत्वः मन, बुद्धि, अहंकार, चित्त, काल र जीब

अबिनाशी परब्रह्म परमात्मा समेत जम्मा सत्ताइस तत्वहरुको समुह बिश्वको सृष्ठी गर्ने कार्यमा निरन्तर लागि रहेका छन् । बनस्पतिहरु बाहेक सम्पूर्ण हिडडुल गर्ने जलचर पानीमा पौडी खेल्ने स्थलचर जमीनमा हिडने तथा नभचर खाकाशमा उड्ने प्राणीहरुको शरीरमा सबै सत्ताइसै तत्वहरु बिद्यमान हुन्छन् । शरीरको आकार र क्षमता अनुसार कुनै तत्व सुक्ष्म रुपमा र कुनै तत्व स्थुल रुपमा शरीरमा सजाइएका हुन्छन् । मानिसको शरीरमा भने सबै तत्वहरु सकृय अबस्थामा रहेका छन् । भगवानको मायाका बसमा परेर जीवात्मा बिषय भोगी बन्दै परमात्माबाट झनझन टाढा हुदै गएको छ भन्ने भनाई जगतगुरुहरुको छ ।






Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ