लेख पठाउनुहोस-emandir@gmail.com
ॐ भूर्भुवस्व: | तत्सवितुर्वरेण्यम् | भर्गो देवस्य धीमहि | धियो यो न: प्रचोदयात्
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -

हिन्दू धर्ममा वर्ण व्यवस्था

हीन्दु धर्म अनुसार ब्रह्माजीले जगत र मानबको सृष्टी गर्ने क्रममा उनले आफ्ना बिभिन्न अंगबाट मानब उत्पन्न गरे र यसै अनुसार बर्ण बिभाजन भएको तथा गरिएको विश्वास गरिन्छ। जस अनुसार निम्न चार बर्ण रहेका छन्।

चार वर्ण - ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र

कुन बर्ण कुन अंगबाट

शिर(मस्तिष्क) बाट ब्राह्मण उत्पन्न भए।

भुजा बाट क्षत्रीय उत्पन्न भए।

पेट बाट वैश्य उत्पन्न भए।

पाऊ बाट शूद्र उत्पन्न भए।

===============================

वर्ण व्यवस्थामा जातजाती
भुवनेश्वर भण्डारी


ज्योतिषशास्त्रमा ग्रहहरुको पनि वर्ण (जात) छुट्याएको छ । वर्ण व्यवस्था भित्र जातपातको कुरा पनि पर्न आउँछ । वैदिक काल देखि नै हिन्दु धर्ममा विभिन्न जातका व्यक्ति तथा समुदायका जातजातीको वर्णन गरिएको पाइन्छ । ग्रहहरुको जात विभिन्न छन् । जस्तो मेष र बिच्छा राशीका स्वामी मंगल ग्रहको जात क्षेत्री हो । मिथुन र कन्या राशीका स्वामी बुध ग्रहको जात शूद्र हो । बृष र तुला राशीका स्वामी शुक्र ग्रहको जात ब्राह्मण हो । कर्कट राशीको स्वामी चन्द्रमाको जात वैश्य हो । सिंह राशीका स्वामी सूर्यको जात क्षेत्री हो । धन र मीन राशीका स्वामी वृहस्पितिको जात ब्राह्मण हो । मक्कर र कुम्भ राशीका स्वामी शनिश्चर ग्रहको जात चंडाल हो ।

नक्षत्रहरुको पनि निश्चित राशीहरुको जात फरक फरक छन् । जस्तो मेष राशीको जात क्षेत्री, बृष राशीको जात वैश्य, मिथुन राशीको जात शूद्र, कर्कट राशीको जात ब्राह्मण, सिंह राशीको जात क्षेत्री, कन्या राशीको जात वैश्य, तुला राशीको जात शूद्र, विच्छा राशीको जात ब्राह्मण, धन राशीको जात क्षेत्री, मक्कर राशीको जात वैश्य, कुम्भ राशीको जात शुद्र भएजस्तै मीन राशीको जात ब्राह्मण हो । मानिसहरुको जात पनि एकै हो भन्ने भनाईलाई सकारात्मक मान्न हिन्दु धर्म अनुसार सकिदैन । किनकि रंगको आधारमा मानिसको जात फरक छ, कामको आधारमा मानिसको जात फरक छ तथा अनुहारको आधारमा पनि जात फरक फरक मानिएको छ । जस्तो काला जाती र गोरा जाती ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र जाती तथा ककेशस, मंगोलियन, हब्सी इत्यादि । समाजशास्त्रमा जात फरक फरक रहेको हरेक समुदायले स्वीकारेको छ । जस्तो भनिएको छः "जन्मनाज्जायते शुद्र संस्काराद् द्विज उच्यते" अर्थात प्रत्येक मानिस जन्मदा शुद्र भएर जन्मिएको हुन्छ । संस्कार पूरा गरेर मात्र द्विज (ब्राह्मण,क्षेत्री) हुन्छ । यसको अर्थ हुन्छ कर्मले नै जात छुट्याउँछ । ठूलो परिवारमा जन्मिएर मात्र जात ठूलो हुदैन । कर्म विना जात वन्दैन । नीच कुलमा जन्मिएर पनि राम्रा कर्महरु गरेर उच्च जातमा प्रबेश गरेका उदाहरणहरु प्रसस्त छन् । जस्तो रत्नाकर व्याधाबाट बाल्मिकी ऋषि बने । विस्वामित्र क्षेत्री कुलमा जन्म लिएर कर्मबाट ब्रह्मर्षि बने । त्यस्तै दासी पुत्र नारद वैश्य कुलमा जन्मेका थिए कर्मबाट देवर्षि बनेकाछन् । कामको आधारमा जात छुट्याएको वेद, पुराण र उपनिषद्हरुले प्रष्ट्याएका छन् । मुखले बोलेर आफनो जीवन चलाउने पेशामा लागेका मानिसहरु ब्राह्मण जातका हुन् । पाखुराका पराक्रमले मान सम्मान तथा जीवनमा आनन्द लिने शासनरुपी पेशामा लागेका मानिसहरु क्षेत्री जातका हुन् । धन कमाउने पेशा (पशुपालन, खेती र ब्यापार) मा लागेका मानिसहरु वैश्य जातका हुन् भने सवैको सेवामा लागेका सेवाग्राही मानिसहरु शुद्र जातका मानिएकोछ । "ब्रामणोस्य मुखमासिद्बाहु राजन्य कृतः उरुतदस्य यद्वैश्यः पद्भ्याम् शूद्रो अजायत" शुक्ल यजुर्वेदको अध्याय ३१ मन्त्र १२ । यस मन्त्रमा चार जातकै उल्लेख गरिएको छ ।

बंश, खानदान, कुल अनुसार जात फरक भएको वेदमा उल्लेख छैन । एकै बाबुबाट जन्मिएका सन्तानहरु पनि पेशा अनुसार जातमा फरक परेको समाजमा देखिन्छ । वैदिक सनातन हिन्दु धर्ममा जातको आधारमा छुवाछुत भएको कहिं कतै पाईंदैन । खानपान एकैसाथ सवैले सँगै खाएको, संगै हिडेको सँगसँगै वसेका प्रमाणहरु पाइन्छन् । रामायणमा सबरी(सर्किनी) ले खाएको जूठो बयर रामचन्द्र भगवानले प्रेमसाथ खाएको, रामचन्द्रले नै गुह(माझी)का घरमा पाहुना बनेको, वातापि नामको ब्यापारी(वैश्य)का घरमा अगस्ति ऋषिले मासुभात खाएको, विश्वामित्र ऋषिले अनिकालमा चंडालका घरबाट कुकुरको मासु लगेको इत्यादि उदाहरणहरु पुराणहरुमा उल्लेख गरिएका पाइन्छन् । बिबाह पनि वैदिक युगमा आ-आफ्नु जातमा मात्र सीमित नरही कन्यालाई स्त्रीरत्न मानेर बिबाह गर्नै चलन चलेको देखिन्छ । सौभरी ऋषिले मान्धाता राजा(क्षेत्री)का छोरीहरु बिबाह गरेको, कृष्णले जाम्भवान भालु(वनमान्छे)की छोरी जाम्भवती संग बिबाह गरेको, ययाति राजाले शुक्राचार्य की छोरी देवयानी संग र च्यवन ऋषिले सर्याति राजाकी छोरी सुकन्या संग बिबाह गरेका आदि धेरै उदाहरणहरु छन् । जात अनुसारको खानपिनमा कुनै प्रतिबन्ध कतै पाईंदैन । आहारको प्रकृति अनुसार स्वभावमा भने फरक देखाएको छ । सात्विक, राजसी र तामशी अर्थात् सत्वगुणी, रजोगुणी र तमोगुणी स्वभावबाट नै जातको विभाजन गीतामा गरिएकोछ । सत्वगुणी ब्राह्मण, रजोगुणी क्षेत्री र वैश्य तथा तमोगुणी शुद्र जातिको व्याख्यान गीताको १८ रौँ अध्यायमा उल्लेखित छ । खानपिनबाट जात जाने र पतिया(जात सुधार) गरेर जात आउने चलन पछिका धर्म प्रचारकहरुबाट चलिआएको हो । धार्मिक ब्रतअनुष्ठान संवन्धि वर्णन गरिएका महात्म्यहरुमा भने भोजन निषेध गरिएका वर्णनहरु पाइन्छन् । भोजनबाट स्वभाव बन्ने भएको हुँदा स्वभाव राम्रो हुनुपर्दछ साथै स्वभाव अनुसारको बुद्धि-विवेक हुने हुनाले भोजनमा सुद्धता तथा एकरुपता हुनु अत्यावश्यक मानिन्छ ।





                                                                                                                                                                                                                                                                                                                                                                           
                                                                               


-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  

धन्यवाद
मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
emandir@gmail.com
जना अनलाइनमा

मानसिक शान्तिका लागि भगवानको आराधना गरौं।  इमन्दिर
© २००९ सर्बाधिकार फूलबारी डटकम सँग सुरक्षित
बिज्ञापनहरू