Special
Send Articles-phoolbari.com@gmail.com
                 




कविता | कथा | यात्रा सँस्मरण | गीत


कविता

बिद्यालय जाऊँ


निकेश घिमिरे,
आर्लिङ्टन, भर्जिनिया, कक्षा- चार




जाऊँ साथी बिद्यालय
किताब कापी च्यापी
खुरुखुरु लेखौं पढौं
बनी हामी जाती।


गुरु बा र गुरु मालाई
हामी आदर गरौं
अनुशासित भईकन
आज्ञाकारी बनौं।

पाठ बुजाऊँ दिनदिनै
पढौं मिहिनेत गरी
पढी गुनी नाम कमाऊँ
भविश्यमा भोलि।

ठूलो भई गरौं हामी
बा-आमाको सेवा
सेवा गरे मेवा मिल्छ
जानौं यही हो बेला।







सुन्दर मेरो नेपाल


मुकेश घिमिरे,
आर्लिङ्टन, भर्जिनिया, कक्षा- दश




खोला नाला कल कल गर्दै खल्ल बगिरहेका
डाँडा काँडा हरियाली छर्दै खिस्स हाँसीरहेका
सेता हिमाल उत्तरतिर टल्ल टल्लकीरहेका
झरना अनि खहरेहरु छङ खसीरहेका ।१।

डाँफे मुनाल मयूर चरी छम छम नाचीरहेका
मृग गैँडा अनि अर्नाहरु चमचम चरिरहेका
बाघ भालु चितुवा बाँदर फूस्स निदाइरहेका
परेवा अनि मलेवाहरु मस्तले उडीरहेका ।२।

सुनखरी र लालीगुरास वासना छरी रहेका
लता अनि लहरा हल्लिएर वटुवा डाकीरहेका
हरिया चउर बेसीतिर च्यादर सारीसजेका
सुरिला सल्ला बतास सँगै मच्ची सुसाइरहेका ।३।

डाँडाकाँडा पछाडि लुक्दै बादल हिँडीरहेका
झमझम वर्षे पानी पर्दा पातमा बाजा बजिरहेका
घामपानी घामपानी हुँदै इद्रेणी हाँसीरहेका
घामको लाली लिएर गित रङ्ग पोखीरहेका ।४।

स्वर्ग सरी प्यारो मेरो देश नाम यसको नेपाल
नबुझ्दा महत्व प्रकृतिको दुख्या छ मेरो कपाल
स्वर्ग पारौं हामी सबै मिलि जुटौं देश सिँगार्न
सम्झाउँ है सबैलाई हामी हुन्न है देश बिगार्न ।५।










-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
phoolbari.com@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com
Audio Poems

Advertisements