Special
Send Articles-phoolbari.com@gmail.com
                 




बालअधिकारको प्रश्न
मनोहर कार्की

मीठा उत्साह र आँटिलो मन लिएर हाम्रा कलिला बालबालिकाहरू यस वर्षको राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक र शैक्षिक विकासका प्रवर्धनात्मक कार्यक्रमका साथ भव्यरूपमा मनाउँदैछन् । आजको समसामयिक सन्दर्भमा हामी नवनेपालको निमार्णमा दृढ सङ्कल्प र दिगो प्रतिबद्धताका साथ लागिपरेका छौँ ।

राज्यले वास्तविकरूपमा बालबालिकाहरूको नैसर्गिक हक, अधिकारको पूर्ण प्रत्याभूति तथा तत् सम्बन्धी कानुनको दृढताका साथ कार्यान्वयन सबैभन्दा महत्त्वपूर्ण सवाल हो । बाल हक र अधिकारको सवालमा राज्यको भूमिका सबैभन्दा चासो र प्राथमिक विषयवस्तु हो । नेपाल राज्य पक्ष भएको बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले पनि हस्ताक्षर गरिसकेपछि बाल अधिकार संरक्षणको सवालमा नेपाल राज्यको भूमिका अझ महत्त्वपूर्ण र घनीभूत भएको सबैले अनुभव गर्नसकिन्छ ।

हाम्रा बालबालिकाहरूको जीवन पद्धति र न्यानो सामाजिक-मनोवैज्ञानिक वातावरणमा आˆनो बहुआयामिक प्रतिभाको विकास गरी भोलिका कर्मठ नागरिक बन्ने अभियानमा समाजका सबै क्षेत्र र तप्काको महìवपूर्ण भूमिका रहँदैआएको छ । हाम्रा बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सबैभन्दा महत्त्वपूर्ण दायित्व राष्ट्र-राज्यको रहेको हुन्छ । राष्ट्र-राज्यको दायित्वमा सहयोगी र परिपूरकको भूमिका समाज र हाम्रा सामाजिक संस्थाले खेल्नुपर्दछ । सामाजिक संस्थाको कुरा गर्दा सबैभन्दा महìवपूर्ण भूमिका परिवार र सामाजिक परिवेशको हुन आउँछ । बाल सुलभ र बालमैत्री वातावरणमा हाम्रा कलिला बालबालिकाहरूले हुर्कनु, प्राथमिक तहको शिक्षा प्राप्त गर्नपाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो । बालबालिकाहरूको चौतर्फी विकासका लागी उनीहरूले अध्ययन गर्ने विद्यालयले बालमैत्री वातावरणमा अध्ययन तथा बालबालिकाहरूको रचनात्मक र सिर्जनात्मक प्रतिभाको विकासका लागि यथेष्ट अवसर सिर्जना गरिदिनु पहिलो दायित्वभित्र पर्दछ ।

प्रत्येक वर्ष झैं यसवर्ष पनि हामी नयाँ उत्साह र उमड्ढका साथ राष्ट्रिय बालदिवस-२०६६ मनाउँदैछौं । यसमा सबैभन्दा प्रमुख सवाल भनेको राष्ट्रिय बालदिवसलाई एक मौलिक र सार्थक अभियानका साथ देशव्यापी रूपमा विविध रचनात्मक र सारभूत कार्यक्रमका साथ मनाउनुमा नै यसको वास्तविक सार्थकता अन्तरनिहित छ । यसका लागि सरकारी क्षेत्रको प्रयासमात्र पर्याप्त हुनसक्दैन । यसका लागि बालबालिकाका क्षेत्रमा कार्यरत सामाजिक सङ्घ/संस्था, गैर-सरकारी संस्थाहरू, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरूको सहकार्य र समन्वयात्मक वातावरण नितान्त अपरिहार्य छ ।

सर्वप्रथम एग्लैन्टाइन जेबले सन् १९२३ मा बालअधिकारका लागि आवाज उठाई सुरु गर्नुभएको अभियानले झण्डै ६६ वर्षपछि मात्र सार्थकताको अनुभूति प्राप्त गर्नसक्यो । जसका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष, बालबालिकाका लागि कार्यरत अन्तर्राष्ट्रि्रय गैरसरकारी संस्थालगायत संयुक्त राष्ट्रसङ्घको महìवपूर्ण भूमिका रहँदै आएको छ । जसको सार्थक अभिव्यक्तिका रूपमा संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धि पारित भएपछि अर्को चरण पार गरेको मान्नसकिन्छ । जेबले तयार पार्नुभएको घोषणापत्रको आधारमै बालअधिकार अभियानलाई अगाडि बढाउन विश्वका विभिन्न मुलुकले पहल गरे, त्यसैको फलस्वरूप सन् १९८९ को नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाले बालअधिकारसम्बन्धी पारित गर्यो । तत्पश्चात संयुक्त राष्ट्रसङ्घले विश्व समुदायसमक्ष सार्वजनिक अपिल गर्दै विश्वका सबै मुलुकलाई बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रतिबद्धता लिई यस महासन्धिलाई अनुमोदन गर्न आहृवान गर्यो । बालअधिकारसम्बन्धी महासन्धिमात्र संयुक्त राष्ट्रसङ्घको इतिहासमा एउटा त्यस्तो महासन्धि हो, यसलाई विश्वको राष्ट्र-राज्यले हार्दिकताका साथ -अमेरिका र सोमालियाबाहेक) अनुमोदन गरिसकेका छन् ।

संयुक्त राष्ट्रसङ्घको उक्त आहृवानलाई स्वीकारेर नेपालले १४ सेप्टेम्बर, १९९० का दिन यस महासन्धिलाई अनुमोदन गरी यस महासन्धिप्रति आˆनो प्रतिबद्धता जाहेर गर्यो र महासन्धिको राज्य पक्ष बन्यो । यस विशेष दिनको सम्झनामा नेपालमा पनि प्रत्येक वर्ष राष्ट्रिय बालदिवस बालबालिकाहरूको हक अधिकारलाई अन्तरमनबाट नै अनुभूति दिलाउने खालका कार्यक्रम र हाम्रा बालबालिकाप्रति विशेष सम्मान गरी यो दिवसलाई राष्ट्रव्यापीरूपमा मनाइँदै आएको छ ।

पछिल्ला समयका महत्त्वपूर्ण घटनाक्रमलाई सूक्ष्मरूपमा मनन र विश्लेषण गरिएको खण्डमा हाम्रा अबोध बालबालिकाहरूको अपहरण, अपहरणपछि आततायी शारीरिक तथा मानसिक यातना दिने र बीभत्स तथा क्रूर अमानवीय हत्याका घटना भई आएका छन् । यस्ता कुत्सित, क्रूर अनि कायरतापूर्ण अपराधिक क्रियाकलापहरूमा आपराधिक व्यक्तिहरू र आपराधिक गिरोहको सक्रियता दिनहुँ बढिरहेको छ । यस्ता अमानवीय आपराधिक कुकार्यले सिड्ढो नागरिक समाज र हाम्रो श्ाान्ति तथा अमनचैनको व्यवस्थापनलाई कडा चुनौती दिएको छ । यस्ता बीभत्स कुकार्यलाई हाम्रो सभ्य समाजबाट निर्मूल पार्नका लागि प्रहरी प्रशासनको चुस्त र दरिलो उपस्थिति अपरिहार्य छ । यसका साथै नागरिक समाज, सामाजिक सङ्घसंस्था तथा सबै सरोकारवाला निकायहरूको समन्वयात्मक सहकार्य अपरिहार्य छ । सबैभन्दा महत्त्वपूर्ण कुरा प्रहरी प्रशासनको दरो उपस्थिति र अपराध रोकथाम, नियन्त्रण तथा अपराध अनुसन्धानमा व्यवस्थित र वैज्ञानिक पद्धतिको द्रुत कार्यान्वयन नितान्त आवश्यक छ । साथै विद्यमान कानुनमा समसामयिक सुधार गरी अपराधीलाई अधिकतम दण्ड सजायको प्रावधान राखिनुपर्दछ । जसले गर्दा आपराधिक मानसिकतामा व्यापक न्यूनता ल्याउन सकोस् । तबमात्र यस्ता क्रूर अमानवीय अपराधबाट हाम्रा अबोध बालबालिकाहरूलाई उन्मुक्ति प्रदान गर्न सकिन्छ । साथै बालबालिकाहरूको जीवन र चौतर्फी विकासको राष्ट्रिय अभियानलाई पूर्णतः सार्थकता प्रदान गर्न सकिन्छ ।

ब्ाालबालिकाहरूको सर्वतोमुखी विकासका सवालमा कुरा गर्दा समाजका केही महत्त्वपूर्ण तत्त्वहरूको सक्रिय सहभागिता र बाल हितकारी कार्यका सवालमा उनीहरूले उठान गरेका नीति र कार्यक्रमले सबैभन्दा गवेषणात्मक महत्त्व राख्छन् । परिवार, बालबालिका अध्ययन गर्ने पाठशाला तथा उनीहरूले बिताउने सामाजिक वातावरणले बालबालिकाहरूको हक अधिकारलाई प्रत्याभूत गर्दै कार्यान्वयनमा ल्याउने कार्यमा सबैभन्दा प्रमुख भूमिका रहन्छ । प्रत्यक्ष/अप्रत्यक्ष रूपमा बालबालिकाहरूको हक अधिकारको उल्लङ्घनका घटनाका उदाहरणहरू सामान्यतः यिनै सामाजिक क्षेत्रहरूमा बढी पाइएका छन् । तसर्थ बाल अधिकारको संरक्षण, बाल बालिकाहरूको बौद्धिक, सामाजिक विकासका लागि यी क्षेत्रले संवेदनशील भूमिका खेल्नसक्नु आजको सन्दर्भमा सान्दर्भिक रहला ।

स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
phoolbari.com@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements