Gardening | Phoolbari | Gyan | Health | Women | Tourism | Religion | Children | Kala | Articles | Environment | Technology | Entertain
Phoolbari Logo Special
Send Articles-phoolbari.com@gmail.com
 Season     Spring     Summer       Autumn      Winter  


वर्षेनी दोहोरिने महिला मुद्दाहरु
सिर्जना भण्डारी

“यस नार्यस्तु पुज्यन्ते रमयन्ती तत्र देवता”

संस्कृत भाषाको यस भनाई हिन्दु समाजका धर्मग्रन्थहरुमा उधृत गरिएको पाइन्छ । यसको अर्थ हो जहाँ नारीको पूजा अर्थात इज्ययत गरिन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यति मात्र होइन हिन्दु धर्मले नारीलाई देवीशक्ति, सृष्टिकर्ता, प्रकृति, ममताकी खानीका रुपमा पनि सम्मान दिएको छ । महिलाहरुप्रति गरिने यो एउटा कार्यानबयनमा नआएको सकारात्मक धार्मिक पाटो हो जो केवल जहाँ उल्लेख गरिएको छ त्यहीं सोभायमान र सीमित छ तर आजको वास्तविकता भने शतप्रतिशत फरक प्रकृतिको छ ।

धार्मिक र सामाजिक पुष्ठभूमिमा नारी: धर्म पृष्ठभूमिलाई केलाउने हो भने नारीलाई द्धैध रुपमा हेरिएको पाइन्छ, यद्धपी नारीप्रतिको दृष्टिकोण धर्म अनुसार फरक फरक रहेका छन् । हिन्दु धर्ममा एकातिर नारीहरु विभिन्न सम्मानजनक उपमा द्धारा सम्मानित छन् भने अर्कोतिर कामुक, अछुत (विभिन्न धर्मकार्यहरुमा), अविवेकी भनी समाजमा दवाइएको र नियन्त्रण गरिएको अवस्था छ । जसलाई सम्मानको कयौं गुणा बढी अपमान मान्न सकिन्छ । इस्लाम धर्ममा त नारीहरुलाई सामान्य मानव सरह पनि स्वीकार गरिएको छैन, हक अधिकारका त कुरै छोडौं । विश्वका अन्य धर्म भन्दा उदार मानिएको र प्रमुख धर्महरु मध्य एक रहेको क्रिश्च्यन धर्ममा समेत नारी प्रतिको दृष्टिकोण निकै कमजोर र द्धैध किसिमको देखिन्छ । क्रिश्च्यन धरमका अनुसार नारी केवल पुरुषको सहयोगका लागि पुरुष कै अंगवाट बनाइएका हुन् र तीनिहरु हरहालमा पुरषको नियन्त्रणमा रहनु पर्दछ भन्ने कुरामा विश्वास गरिन्छ ।

महिला असमानता हालसम्म विश्वकै साझा र जल्दोबल्दो मुद्धा हो र यसले थुप्रै किसिमका महिला समस्या तथा चुनौतीहरूलाई समेट्दछ । महिला असमानता कम गर्न विश्वमा शताव्दी अघि देखिनै विभिन्न प्रयासहरू हुँदै आइरहेका छन् । आन्तरीक तथा राष्ट्रिय चिन्तनहरू देखि लिएर अन्तराष्ट्रिय स्तरका ठूला-ठूला सभा, सम्मेलन र प्रतिवद्धताहरू भएका छन्, तर अझैसम्म पनि अपेक्षाकृत महिला समानताका प्रतिफलहरू हासिल गर्न सकिएका छैनन् ।


यो सत्य हो कि हरेक समाज र संस्कृति तथा परम्पराहरू थोर-बहुत धर्मद्वारा निर्देशित हुन्छन् र हरेक समाजका संस्कृति तथा परम्परा र सीमाहरू फरक-फरक हुन्छन्, तर अचम्म यहाँनेर छकी यति हुँदा हुँदै पनि विश्वका हरेकजसो समाजहरू नारी प्रति नै विभेदित किन छन् ? सबै धर्महरुमा पुरुषहरुनै सर्बेसर्बा किन छन् ? जस्तै हिन्दु समाजमा नारी लच्छीत विभेदहरु बालविवाह, बहुविवाह, विद्धवा, दाइजो, झूमा, देउकी, छाउपडी प्रथा तथा परम्पराहरू र बन्द समाज आदि हिन्दु नारीहरु पछि पर्नुमा प्रमुख कारणहरु रहेका छन् । इस्लाम धर्ममा वालविवाह, वहुविवाह, बुर्का प्रथा आदि परम्पराहरू इस्लाम नारीहरु पछि पर्नुका प्रमुख कारण रहेका छन् । त्यस्तै क्रिश्च्यन धर्ममा नारीमाथि हरेक किसिमले पुरुषको अधिकार र नियन्त्रण रहनु पर्ने जस्ता सोच तथा विश्वासहरु क्रिश्च्यन नारीहरु पछि पर्नुका प्रमुख कारण रहेका छन् । र विश्वका अन्य थुप्रै ज्ञात अज्ञात धर्महरूमा नारीहरू विभेदित र पिछडिएका अवस्थामा रहेका तथ्यहरु विश्वमा गरिएका विभिन्न अध्ययन अनुसन्धालहरुले प्रष्ट्याएका छन् । यद्धपी आजको आधुनिक र विकसित विश्वमा नारीप्रति गरिने बिभिन्न किसिमका विभेद कम हुँदै गइरहेका छन् र उनीहरू समाज तथा राष्ट्रका विभिन्न तहहरूमा सहभागी हुन थालेका छन् । सफल र सुन्दर भविश्यका लागि नारीहरूको यो उचाइ निकै आशा लाग्दो र गौरवपूर्ण छ ।

भन्ने गरिन्छ की अधिकार मागेर पाइन्न, खोसेर लिनुपर्छ र त्यसका लागि मैदानमा उत्रन परे पनि पछि पर्नु हुन्न । विश्वकै महिलाहरू आजको महिला सश्क्तिकरणको यस उचाइसम्म आइपुग्न र आफ्नो अधिकार प्रप्तिका लागि धेरै युद्धका मैदानहरू पार गर्नु परेको थियो, परीरहेको छ र परीरहन सक्छ किनकी सामाजिक विकासक्रमलाई हेर्दा सकारात्मक तथा समाजसुधारक परिवर्तनहरु वलिदानबाटनै हासील भएका छन् । महिला अधिकारका आन्दोलनहरूमा कयौं दिदीबहिनीहरू घोषित तथा अघोषित रूपमा शहिद भए होलान्, हुंदै होलान र हुने अवस्थामा होलान । तिनलाई चोखो मनले श्रद्धान्जली अर्पण गर्दै बर्षैपिच्छे दोहोरीने महिला मुद्धाहरुबारे सामान्य परिचय राख्दैछु । हुन त हरेक धर्म र समाज पिच्छे महिला समस्या तथा मुद्धाहरू फरक फरक हुन सक्छन् र छन् पनि तर त्यसका बाबजुद पनि संसारमा केवल दुइ जाति महिला र पुरुष मात्र भएझैं महिलासंग सम्बन्धित संसार भरी नै एकै मानिएका मुद्धाहरू मुख्यतया निम्न छन्- महिला असमानता, महिला असमता र महिला हिंसा

महिला असमानता हालसम्म विश्वकै साझा र जल्दोबल्दो मुद्धा हो र यसले थुप्रै किसिमका महिला समस्या तथा चुनौतीहरूलाई समेट्दछ । महिला असमानता कम गर्न विश्वमा शताव्दी अघि देखिनै विभिन्न प्रयासहरू हुँदै आइरहेका छन् । आन्तरीक तथा राष्ट्रिय चिन्तनहरू देखि लिएर अन्तराष्ट्रिय स्तरका ठूला-ठूला सभा, सम्मेलन र प्रतिवद्धताहरू भएका छन्, तर अझैसम्म पनि अपेक्षाकृत महिला समानताका प्रतिफलहरू हासिल गर्न सकिएका छैनन् । यस्तो किन भएको होला त - यस सन्दर्भमा भन्नु पर्दा हालसम्म देखिएका तथा भोगिएका अनुधवहरुका अनुसार प्रतिवद्धता जतिसुकै गहकिलो भएपनि कार्यानयवन पक्षमा हुने कमी कमजोरी नै प्रमुख रहेको प्रष्ट हुन्छ । जब अन्तराष्ट्रिय सम्मेलन तथा सम्झौताहरूमा महिला हित सम्बन्धि नीति नियमहरू बन्छन् तब सहयोग पाउने लोभमा सम्बन्धित देशका सरकारहरु द्धारा सबै निर्णयहरूमा बिना कुनै तिन्तन हत्तपत्त प्रतिवद्धता जनाइन्छ तर जब कार्यानवयनको अवस्था आइपुग्छ, त्यसवखत ती सम्झौता र प्रतिवद्धताहरू दराजको एक कुनामा थन्क्याइन्छन् अनि वर्षौं पछि आउने सभा सम्मेलनहरूमा पुनः तिनै कागजपत्रहरूको खोजि गरिन्छ र तीनै बुँदाहरूमा सामान्य फेरबदल गरी बन्द कोठामा तथ्याङ्क तयार पारेर झुठा प्रमाणहरू पेश गरिन्छ । यसरी कसरी हुन्छ महिला समानता, समता अनि महिला सशक्तीकरण ?

महिलाहरुले उचित किसिमको समानता समेत प्राप्त गर्न नसकेको आजको यस्तो अवस्थामा महिला समता त अझ टाढाको कुरो हुनु अस्वाभाविक होइन । हुन त योग्यता र प्रभावकारीताका दृष्टिकोणले दीर्घकालका लागि समता प्रदान गरिनु उचित प्रक्रिया होइन तर यसलाई प्राकृतिक न्यायको सिद्धान्तको आँखाबाट हेर्ने हो भने महिलाहरूलाई समता प्रदान गर्नु अति आवश्यकत हुन्छ किनकी प्राकृतिक रूपमै महिलाहरू शारिरीक रूपले कमजोर हुन्छन्, बढी भावुक र समवेदनशिल हुन्छन् । महिलाहरूमा महिनाबारी हुनु, प्रसुति हुनु, ममतामयी हुनु आदि प्रकृतिको देन तथा वरदान हो । उनीहरूको प्रकृति प्रदत्त यस किसिमको अवस्था तथा वरदानहरुलाई कदापी कमजोरी मानिनु हुदैन । तर्सथ प्राकृतिक न्यायलाई ध्यानमा राखी महिलाहरू प्रति समताको भावना राख्नु पर्दछ र समताका आधारमा अवसरहरू प्रदान गरिनु पदर्छ ।

महिलाहरू प्रति गरिने यिनै असमानता र असमताले समाजमा महिला माथिका हिंसा बढाएका छन् र उनीहरू पिछडिनुका साथै पुरुषको नियन्त्रणमा रहन वाध्य छन् । ब्यापक असमानता अर्थात असमान अधिकारका कारण विश्वकै हरेक जसो समाजका महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वाश्थ्य आदिका दृष्टिकोणबाट निकै पछि परेका छन् र विभिन्न प्रकृतिका हिंसा झेल्न वाध्य छन् । त्यस्तै असमताका कारण आफू भन्दा धेरै सुविधा, हक अधिकार र मौका तथा अवसर पाएका, हरेक किसिमले निपुण र प्रतिस्पर्धात्मक पुरुषहरूसंग प्रतिस्पर्धा गर्न नसकी आफैंमा खुम्चीन वाध्य छन् जसले उनीहरूमा पलाउँदै गएको आशालाई समेत निराशामा परिणत गरिदिन्छ र जानी नजानी मानसिक तनाव झेल्न पुग्छन्, जुन महिला हिंसाको अपुरणिय र असोचनिय पराकाष्टा हो । हिंसाका विभिन्न प्रकृति छन्, शरीरको चोट केही दिनमा निको हुन्छ, दुखेको तथा मैलिएको चित्त केही दिनमा सफा हुन्छ तर मानसिक रुपमै परेको प्रभाबले हत्तपत्त कसैलाई पनि छाड्दैन र कतिपय अवस्थामा यस्ता परिस्थितिहरुले बहुलाउनेदेखि आत्महत्यासम्मको बाटो समेत तय गरिदिन्छन् ।

तसर्थ, महिलाहरूको समग्र विकासका लागि वर्षको एक दिन मार्च ८ जतिकै अन्य ३६४ दिनलाई पनि सम्झने गरौं र सच्चा प्रतिवद्धता र पारदर्शी कार्यान्वयनमा दत्तचित्त भएर लागौं र उनीहरुको हकअधिकार उनीहरुलाई नै प्रदान गरी सम्पन्न र सशक्त तुल्याउँ । bsirjana@gmail.com



A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.





Thank You
Home Page 
Send Comments
phoolbari.com@gmail.com
  Online Users
unique tracker -

Planting for Peace and Sustainable Development. || phoolbari com
© 2008 All Rights Reserved with phoolbari.com
लेखहरु
वर्षेनी दोहोरिने...
--------
अनुत्पादक श्रम नै...
--------
साना-सहकारी र महिला
--------
'घुमिफिरी रुम्जाटार'
--------
महिलाको अधिकार
--------
दलितले थर फेर्नु
--------
हिन्दु धर्म, स्वर्ग र नर्क
--------
छाउपडी प्रथा...
--------
के पाएँ होइन...
--------
भाषा-संस्कृति...
--------
..स्वर्ग र नर्क..
--------
नेपाललाई सतीको श्राप
--------
बाहुनवाद, जनजाति...
--------
नयाँ नेपाल र महिला...
--------
महिला र इतिहास-1
--------
महिला र इतिहास-2
--------
महिला विकास
--------
..आरक्षण..
--------
..Nepal..
--------
हिन्दु धर्म
--------
..महिला..
--------
..लोकतन्त्र..
--------
..पर्यटन..
--------